२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक छः नेतन्याहु

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्धविराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताएका छन्।

उनले कतारको मध्यस्थतामा भएको युद्धविरामको वार्ताबाट आफ्नो टोलीलाई बाहिर निकालेपछि इजरायलको घातक भूमि कारबाही जारी नराखि गाजामा बन्धकहरूलाई मुक्त गर्न असम्भव नहुने बताए। 

शुक्रवार सात दिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११० बन्धकहरूलाई रिहा गरिएको थियो। 

नेतन्याहुकाअनुसार गाजामा हमास र अन्य लडाकुहरूले लगभग १३५ जना अझै पनि बन्दी बनाएका छन्।  

उनले इजरायली रक्षा बल (आईडीएफ) लाई तिब्रताका साथ लडाई शुरु गर्न निर्देशन दिएको बताए। इजरायलले युद्धग्रस्त गाजा पट्टीमा अक्टोबर ७ यता करिव एक लाख बम र रकेट आक्रमण गरेको हमासद्वारा सञ्चालित सरकारले जनाएको छ। 

गाजामा रहेको स्वास्थ्य मन्त्रालयकाअनुसार द्वन्द्व शुरु भएदेखि गाजामा कुल १५ हजार २ सय मानिस मारिएका छन्। जसमध्ये ७५ प्रतिशत बालबालिका, महिला र वृद्धहरू छन्।

प्रकाशित: १८ मंसिर २०८० ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App