अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाईं ज्यारेड कुश्नर अनुसन्धानको घेरामा परेका छन्। संघीय जाँच ब्युरोले राष्ट्रपति निर्वाचनका बेला उनको रुससँग साँठगाँठ रहेको भन्दै अनुसन्धानको घेराभित्र राखेको हो ।
ह्वाइट हाउसमा ट्रम्पका प्रमुख सल्लाहकारको रुपमा कार्यरत उनी ट्रम्पकी छोरी इभाका पति हुन्। अमेरिकामा राष्ट्रपतिको निर्वाचनको समयमा रुसले गरेको हस्तक्षेपका सम्बन्धमा एफबीआइले अनुसन्धान जारी राखेको छ । निर्वाचन अगाडी ट्रम्पका ज्वाँईले रुसी राष्ट्रपतिलाई भेटेको र रुसले पनि हिलारी क्लिटनलाई चुनाव हराउनका लागि महत्वपूर्ण भूमिका खेलेको आरोप छ जसलाई एफबिआइले अनुसन्धानको विषय बनाएको छ।
यद्यपि ट्रम्पले भने चुनावी अभियानको क्रममा रुससँगको आफ्नो सम्बन्ध रहेको आरोपमाथि इन्कार गर्दे आइरहेका छन् । उनी माथि लागेको आरोप सत्य सावित भएमा पनि यसलाई ठूलो अपराध नमानिने तथा उनीमाथि कुनै अभियोग नलगाइने एफबीआइका अधिकारीहरुको भनाई रहेको छ ।
प्रकाशित: १२ जेष्ठ २०७४ १०:३५ शुक्रबार