२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आँखा शिविरमा २ सय ४१ जनाको शल्यक्रिया

चन्दननाथ आँखा अस्पताल जुम्लामा संचालन भएको निःशुल्क आँखा शिविरमा २ सय ४१ जनाको मोतियाबिन्दुको सफल अप्रेशन भएको भएको छ।

जिल्लामा संचालित ३ दिने निशुल्क शिविरमा मोतियाविन्दुका विरामीको सल्यक्रिया गरिएको आखा अस्पताल जुम्लाले जनाएको छ।

शिविरका ८ सय २३ जनाको आँखा जाँच समेत भएको छ। वैशाख ५ गते ३ दिन सम्म संचालन भएको शिविरमा पहिलो दिनमा ९३, दोस्रो दिनमा एक सय १ सय १६ र तेस्रो दिनमा ३२ जनाको अप्रेशन भएको भएको एकीकृत आँखा कान तथा स्वास्थ्य कार्यक्रमका जिल्ला संयोजक मिना आचार्यले बताइन्।  

नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक, राप्ती आँखा अस्पताल तुलसिपुर दाङ र कर्णाली स्वास्थ प्रतिस्ठान जुम्लाको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्लाले शिविरको आयोजना गरिएको छ। नेत्ररोग विशेषज्ञ डा।सन्तोष सुबेदी र डा. विश्वराज तिमल्सिना नेतृत्वमा गएको प्राविधिक टोलिले सेवा दिएको शिविरमा जुम्लाका ६ पालिका सहित छिमेकी जिल्ला कालिकोट वाट समेत बिरामी आएका थिए। नेपाल नेत्र ज्योति संघ जुम्लाका अध्यक्ष धनबहादुर बस्नेतका अनुसार जुम्लामा लामो समय देखी नेपाल नेत्र ज्योति संघले मोतियाविन्दुका विरामीको उपचार गर्न पाउद खुशी व्यक्त गरे। बस्नेत सँगै ज्येष्ठ नागरिकको टिम लामो समय देखी शिविर संचालन गरेर सेवा दिईरहेको छ। ज्येष्ठ नागरिक कालिबहादुर महतले आखा शिविर मानवीय सेवा भएकाले जुम्लामा सचालन गर्दै आईरहेको बताए। साथै निशुल्क आखाँ शिविर सिंजा क्षेत्रको कनकासुन्दरीमा संचालन गरिने भएको छ। सिंजाको कनकासुन्दरीमा वैशाख ९ र १० समेत निशुल्क शिविर हुने भएको छ।

प्रकाशित: ९ वैशाख २०८० ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App