२३ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

खस्किंदै कर्णालीका सामुदायिक विद्यालयको गुणस्तर

यस वर्षको एसइई नतिजालाई केलाउँदा कर्णालीमा शैक्षिक गुणस्तर खस्किएको पाइएको छ। कर्णाली प्रदेशका निजी र सामुदायिक विद्यालयबाट यस वर्ष एसइईमा ३३ हजार ६ सय ३४ विद्यार्थी सहभागी थिए। जसमध्ये १३ हजार नौ सय ६८ अर्थात् ४१.५३ प्रतिशत विद्यार्थी मात्रै माथिल्लो कक्षामा पढ्न पाउने भए भने ५८.५ प्रतिशत अर्थात् १९ हजार ६ सय ६६ विद्यार्थी ननग्रेडेड भएका छन्।

जुम्लाबाट दुई हजार तीन सय ९३ विद्यार्थीले एसइई दिएका थिए। जसमध्ये एक हजार दुई सय २२ विद्यार्थी उत्तीर्ण भए भने एक हजार ७१ विद्यार्थी अनुत्तीर्ण भए। यस्तै तीन हजार पाँच सय १५ विद्यार्थीमध्ये कालीकोटमा एक हजार दुई सय ६६ विद्यार्थी मात्रै माथिल्लो कक्षामा पढ्न पाउने भएका छन्।

कालीकोटमा दुई हजार दुई सय ४९ विद्यार्थी अनुत्तीर्ण भएका छन्। कुल ६ सय २७ विद्यार्थी रहेको डोल्पामा दुई सय ८२ विद्यार्थी उत्तीर्ण हुँदा तीन सय ४५ जना माथिल्लो कक्षामा पढ्न नपाउने भएका छन्।

मुगुबाट एइईमा आठ सय ३८ विद्यार्थी सहभागी रहेकामा तीन सय ५१ जना मात्रै उत्तीर्ण भएका छन्। एक हजार ८८ विद्यार्थी रहेको हुम्लाबाट पाँच सय २१ विद्यार्थी उत्तीर्ण हुँदा पाँच सय ६७ जना अनुत्तीर्ण भएका छन्।

सबैभन्दा धेरै दैलेखमा अनुत्तीर्ण भएको शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी लोकप्रसाद पौडेल बताउँछन्। दैलेखबाट परीक्षा दिने चार हजार नौ सय १५ विद्यार्थी रहेकामा आठ सय २८ जना मात्रै उत्तीर्ण भएका छन्। दैलेखमा चार हजार ८७ जना विद्यार्थी ननग्रेडेड भएका छन्।

जाजरकोटबाट कुल चार हजार पाँच सय ७२ परीक्षार्थी रहेकामा दुई हजार पाँच सय २९ विद्यार्थी उत्तीर्ण हुँदा दुई हजार ४३ विद्यार्थी अनुत्तीर्ण भएका छन्। सुर्खेतबाट सात हजार नौ सय ७९ जना विद्यार्थी एसइईमा सहभागी रहेकामा पाँच हजार दुई सय ८७ विद्यार्थी अनुत्तीर्ण हुँदा दुई हजार ६ सय ९२ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

त्यस्तै, सल्यानमा चार हजार दुई सय ३७ विद्यार्थी रहेकामा दुई हजार ६८ जना उत्तीर्ण हुँदा दुई हजार एक सय ६९ जना ननग्रेडेड भएका छन्। तीन हजार चार सय ७० विद्यार्थी रहेको सल्यानबाट दुई हजार दुई सय नौ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने एक हजार दुई सय ६१ विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने भएका छन्।

दरबन्दीअनुसार शिक्षक नहुनु, विषयगत शिक्षक नहुनु, संघ, प्रदेश र स्थानीय तहहरू शिक्षाप्रति जिम्मेवार नहुनु र जिम्मेवार हुनुपर्ने शिक्षक झन् जिम्मेवार नहुनुजस्ता कारणले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदो अवस्थामा छ।

प्रकाशित: २० असार २०८१ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App