६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

इन्जिनियरिङ संस्थान विवादबारे शिक्षाविद् माथेमाः हातखुटा बाँधेर संस्था चला भन्नु गलत

‘शैक्षिक माफिया नेतासँग मिलेर स्वदेशी शिक्षा ध्वस्त बनाए’

शिक्षाविद् एवं त्रिविका पुर्व उपकुलपति केदारभक्त माथेमाका इन्जिनियरिङ्ग अध्ययन संस्थानमा देखिएको पछिल्लो विवादबारे आफ्नो प्रतिक्रिया दिदै भन्छन, ‘यो गरिबहरुको पहुँचमा रहेको विश्वख्याति कमाएको सार्वजनिक संस्थान हो।

उनका अनुसार सार्वजनिक संस्थानको मतलब देशका सर्वसाधरण वर्गको पहुँचमा उच्च शिक्षा पुर्याउने मुख्य उदेश्य हो। ‘सरकारले अध्ययन संस्थानको उदेश्य पुरा गर्न इन्जिनियरिङ्ग विधामा गरिबकै पहुँच पुर्याउन प्रयाप्त बजेटको ब्यवस्था गर्नु पर्नेमा हातखुटा बाँधेर संस्था चला भन्नु गलत हो,’ शिक्षाविद् माथेमाले नागरिकसँग भने, ‘म पनि त्रिविको उपकुलपति हु्ँदा २०४९ साल तिर १५ वर्षपछि शुल्क बढाए। त्यतिखेर पनि दुइ महिना विश्वविद्यालय क्याम्पस बन्द भयो तर शुल्क बढ्यो। किन भने शुल्क नबढाएसम्म विश्वविद्यालय चल्ने संभावना थिएन।’

विद्यार्थीको असंभव माग पुरा गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका पुल्चोक, थापाथली र पूर्वाञ्चल क्याम्पसका ६ विभागीय प्रमुख, विभागीय उपप्रमुख, सहायक क्याम्पस प्रमुख, स्नतकोत्तर तह कार्यक्रम संयोजकलगाएत सबै पदाधिकारीहरुले सामुहिक राजीनामा दिएपछि माथेमाले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले थपे ‘सार्वजनिक शिक्षामा कम शुल्क हुने आम विद्यार्थीको धारणा हुन्छ। तर त्यो परिपुर्ति सरकारले गर्नुु पर्छ। तर हामी कहाँ विश्वविद्यालय शिक्षामा हुने विभिन्न पदमा राजनीति नियुक्तिका कारण झोला बोकेकाहरु दलकै समर्थनमा लाग्ने विकृति भएको कारण सार्वजनिक शिक्षा खस्कन्दै गएको हो।’

उनका अनुसार विद्यार्थीको अराजकता थेग्ननसकेरै संस्थानका पदाधिकारीहरुको राजीनामा बाहेकको विकल्प थिएन।

‘सरकारले भएकै दरबन्दी पनि पुर्ति नगर्ने, करारमा राख्न पनि नदिने उता विद्यार्थीले शुल्क बढाउन नदिने अवस्था आयो,’ शिक्षाविद् माथेमाले जिकिर गरे‘अब इअसंका पदाधिकारीहरुमाथि विद्यार्थीको धमकी र त्रास खेप्न नसक्ने भएपछि नराजगी ब्यक्त गर्न राजीनामा आएको हो।’

पुल्चोक क्याम्पसका पुर्व प्रमुख प्राडा दुर्गा संग्रौलाले नेपालको उच्च शिक्षा नेतासँग मिलेर शैक्षिक माफियाहरुले सिध्याउने खेलमा सफल भएकोमा आक्रोस पोखे।

‘पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थानले आफनो गुणस्तर कायम गर्दै गरिमा जोगाएर विश्वमै ख्याति कमाएको थियो। तर केहि वर्ष यता अध्ययन संसथानलाई सिध्याउने शैक्षिक माफियाहरु नेताहरुसँग मिलेर विद्यार्थीलाई उचालेर संस्थानमा भाडभैलो मचाइरहेको महसुस भएको छ,’ प्राडा संग्रौलाले आक्रोस पोखे ‘नेता र शैक्षिक माफियाहरु आफनो मिसनमा सफल भए। संस्थानलाई डुबाए। शिक्षक प्राध्यापक र पदाधिकारीलाई काम गर्ने वातावराणनै छैन।’ उनले थपे ‘१० हजार विद्यार्थी प्रवेश परिक्षा फारम भरेर परिक्षाकालागि कुरिहरेका थिए। यीनीहरुलाई नेपालमा पढाइहुदैन भन्ने गलत सन्देश दिए। विदेशिन बाध्य बनाए ।यो दुर्भाग्य हो।’

प्रकाशित: १८ आश्विन २०८० ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App