२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सर्लाहीमा सेञ्चुरी बैंकको नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंकले यही भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवननगरपालिका वडा नं. १० नयाँरोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले उक्त नयाँ रोड शाखाको उद्घाटन गरेका छन्।

कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुवास शर्मा, शाखा प्रमुख आशुतोष वैधलगायत बैंकका कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

२०७९ असार मसान्तसम्ममा बैंकले १ खर्ब १ अर्ब ४० करोड रूपैयाँ निक्षेप संकलन र ९१ अर्ब ४६ करोड रूपैयाँ कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०७९ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App