२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

टिभिएसद्वारा ‘एओजी राइड’ आयोजना

 टिभिएसले अपाचे ओनर ग्रुप (एओजी)  राइड कार्यक्रम आयोजना गरेको छ। यसका लागि नारायणगढको मल्ल श्री मोटर्स प्रालिबाट सौराहाको होटल पार्कल्याण्डसम्म मोटरसाइकल यात्राको आयोजना गरिएको थियो।

मोटरसाइकल यात्रामा ४० जना राइडर सहभागी थिए। टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोसी, गण्डकी र लुम्बिनी च्याप्टरमा पनि यो कार्यक्रम सम्पन्न गरिसकेको छ।

त्यस क्रममा कम्पनीले सवारी तथा सडक सुरक्षा सम्बन्धी जानकारी समेत उपलब्ध गराएको थियो। यात्राका सहभागी बसन्त रानाले सडक सुरक्षा सम्बन्धमा थप जानकारी पाएकोमा खुसी व्यक्त गरे।  

उनले भने ‘नेपालको पर्यटकीय स्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ। यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं।’ उक्त राईड अभियान सहभागीहरूले मन पराएको कम्पनीले जनाएको छ।

प्रकाशित: ७ भाद्र २०७९ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App