२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

साताभरमा ३६ बिन्दुले घट्यो नेप्से परिसूचक

शुक्रबारको नेप्से परिसूचक

गत साता ६ दिन भएको सेयर कारोबारबाट नेप्से परिसूचक ३६.१५ बिन्दुले घटेको छ। अघिल्लो साता भने परिसूचक १ सय ६६ बिन्दुले बढेको थियो।

साताको पहिलो दिन आइतबार २०२८.७७ बिन्दुमा रहेको नेप्से अन्तिम कारोबार दिन शुक्रबार १९९२.६२ बिन्दुमा आएको छ। यो साताभरमा ३६.१५ बिन्दुको गिरावट हो। साताका ६ कार्य दिनमध्ये २ दिन आइतबार र बुधबार बजार बढे पनि अन्य ४ दिन ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन आइतबार परिसूचक ५७ बिन्दुले बढेको थियो तर सोमबार ९ र मंगलबार ४६ बिन्दुले परिसूचकमा गिरावट आएको थियो। बुधबार  भने नेप्से १३ बिन्दुले बढेको थियो। साताका अन्तिम २ दिन भने यो सुधार कायम रहेन। बिहीबार १६ र शुक्रबार ३४ बिन्दुले परिसूचकमा गिरावट आएको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति कसिलो आउने र व्याजको दर बढ्न सक्ने संकेत गरेपछि सेयर कारोबारमा गिरावट आइरहेको छ।

एक्सचेञ्जका अनुसार साताको अन्तिम दिनको कारोबार पनि लगानीकर्ताका लागि सुखद् रहेन। शुक्रबार नेप्से परिसूचक ३४.७० बिन्दुले घटेर १९९२.६२ बिन्दुमा आएको छ। एक्सचेञ्जका अनुसार शुक्रबार २०३२ बिन्दुबाट दिनको कारोबार सुरु भएको थियो। बजार सुरु भए लगत्तै कारोबारमा आएको गिरावटका कारण नेप्से २००६ बिन्दुमा आएको थियो। दिनभरमा एकाध पटक कारोबारमा सुधार आउन खोजे पनि ओरालो यात्रामा रोक्न सकेन। फलस्वरूप बजार बन्द हुँदा नेप्से १९९२ बिन्दुमा आएको हो।  

एक्सचेञ्जका अनुसार शुक्रबार नेप्सेका अतिरिक्त सेन्सेटिभ, फ्लोट र  सेन्सेटिभ फ्लोट सबैको कारोबारमा गिरावट आएको छ। सेन्सेटिभ ६.६०, फ्लोट २.४५ र सेन्सेटिभ फ्लोट २.२७ बिन्दुले घटेका हुन्।

यस्तै सेयर बजारका अन्य १३ उपसूचक सबैको कारोबार पनि घटेको छ। यी उपसूचकमध्ये २ उपसूचक एक सयभन्दा धेरैले र ६ वटा उपसूचक ५० बिन्दुभन्दा धेरैले घटेका छन्। एक सयभन्दा धेरैले घट्नेमा जीवन बिमा १९३ र उत्पादन तथा प्रशोधन १२१ बिन्दु छन्।

यस्तै ५० भन्दा धेरै बिन्दुले कारोबार घटनेमा विकास बैंक ९४, होटल तथा पर्यटन ९६, लघुवित्त ६५, जलविद्युत् ५९, निर्जीवन बिमा ८९ र व्यापार ६७ बिन्दुले घटेका छन्। यस्तै फाइनान्स ४७ र  बैंकिङ उपसूचक १५ बिन्दुले घटेका छन्। सबै भन्दा कम सामूहिक लगानी कोष ०.१६ बिन्दुले घटेको छ।

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये कुनै पनि कम्पनीको ३ प्रतिशतले सेयर मूल्य बढ्न सकेको छैन। ३ वटा कम्पनीको प्रतिसेयर मूल्य २ प्रतिशतभन्दा माथि र ६ वटाको प्रतिसेयर मूल्य १ प्रतिशतभन्दा धेरैले बढेको छ।

यस्तै सबैभन्दा धेरै प्रतिशतले सेयर मूल्य घट्नेमा हिमालय ऊर्जा कम्पनी परेको छ। यसको प्रतिसेयर  मूल्य ५.४४ प्रतिशतले घटेको हो। बलेफी हाइड्रो पनि ४.९० प्रतिशतले घटेको छ।

यस्तै र कमका आधारमा सबैभन्दा धेरै कारोबार शिवम सिमेन्टको भएको छ। यसको ५ करोड ५९ लाख रूपैयाँको कारोबार भएको हो। सेयर खरिद बिक्रीका आधार मा सबैभन्दा धेरै कित्ता सेयर अरूण भ्यालीको भएको छ। यसका ९८ हजार ९ सय ४ कित्ता सेयर बिक्री भएका हुन्।

एक्सचेञ्जका अनुसार शुक्रबार २१७ कम्पनीका ३० लाख ६३ हजार ४ सय ७६ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि १ अर्ब १६ करोड ८४ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण घटेर २८ खर्ब ४४ अर्ब रूपैयाँमा पुगेको छ।  

प्रकाशित: २६ असार २०७९ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App