२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

ज्योति बैंकका इलाम र कन्चनबारीमा शाखा

ज्योति विकास बैंकले इलामको कन्याम बजार र मोरङको कन्चनबारीमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

इलाम नगरपालिका–७ इलाम बजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका–३, मोरङस्थित कञ्चनबारी शाखाको समुद्घाटन बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उद्घाटन गरेका छन्।

सो अवसरमा बैंकले इलाम र कन्चनबारी शाखाका ग्राहकका निमित्त शून्य मौज्दातमै क्युआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेसन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपमा साप्ताहिक/मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधा प्रदान गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ चैत्र २०७८ ०२:३६ बिहीबार

ज्योति विकास बैंक निःशुल्क डिम्याट खाता निःशुल्क डलर कार्ड जारी