२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

हुन्डाईको ‘नयाँ कोना इलेक्ट्रिक’ बजारमा

हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका नयाँ इलेक्ट्रिक कोना नेपाली बजारमा सार्वजनिक गरेको छ।

नेपाली बजारमा विगत दुई वर्षदेखि विक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रिक एक सफल क्रसओभर कार हो। नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको छ।

कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरैवटा अपग्रेड ग्राहकले पाउन सक्नेछन्। नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने नयाँ सुरक्षा फिचर र एडभान्स कनेक्टिभिटी फिचर थप भएर आएको छ। नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाई वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङजस्ता आधुनिक सुरक्षा फिचर दिइएको छ। एक्टेरियरमा हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डेटाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ। अब कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा तीन सय पाँच किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ।

नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ। जसकारण यसमा हाइ इनर्जी डेन्सिटी रहन गई रेन्जसमेत बढ्ने कम्पनीले जनाएको छ। ब्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्यान्डलिङ उत्कृष्ट बनाएको छ। कोनामा रहेको आठ इन्चको टच स्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ एक्सपिरियन्सलाई उच्चस्तरीय बनाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। नेपाली बजारमा कोना इलेक्ट्रिक एटलास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइटजस्ता उत्कृष्ट कलर अप्सनमा उपलब्ध हुनेछ।

पहिलाको कोनाले जस्तै यो नयाँ कोनाले बजारमा धेरै ग्राहकको मन जित्ने कम्पनीले विश्वास लिएको छ। इभीका लागि अनिवार्य चार्जिङ स्टेसनलाई पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर विस्तार गर्दै आएको छ। हाल नेपालका विभिन्न ३६ स्थानमा चार्जिङ स्टेसन स्थापना भइसकेको विज्ञप्तिमा उल्लेख छ। कम्पनीले नेपालमा इभी बेच्ने मात्र नभएर इभी कल्चरको नै विकास गर्नका लागि यसै वर्षभित्र ५० चार्जिङ स्टेसन स्थापना गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: २१ मंसिर २०७८ ०१:५६ मंगलबार

हुन्डाई अटोमोबाइल आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल नयाँ कोना इलेक्ट्रिक