१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकको ३५ वटा शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीको सहभागिता रहेको थियो।

कार्यक्रममा चार हजारभन्दा बढी मानिसलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो।

प्रकाशित: १७ फाल्गुन २०८० १०:२१ बिहीबार

सातवटै प्रदेश ग्लोबल आइएमई बैंक वित्तीय साक्षरता कार्यक्रम संस्थागत सामाजिक उत्तरदायित्व