२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्से झिनो अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने  परिसूचक नेप्से झिनो अंकले घटेको छ। साताको पहिलो कारोबार दिन नेप्सेपरिसूचक तीव्र उतारचढावपूर्ण हुँदै ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा झरेको छ। 
 
आइतबार १३२ कम्पनीको सेयर घट्यो भने एक सय ४ कम्पनीको सेयर घट्यो। ११ कम्पनीको सेयर स्थिर रह्यो। ९२ लाख ७२ हजार ७ सय ८२ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१ रुपैयाँको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्सेका तीन वटै सूचक घटेर राताम्मे भयो। सेन्सेटिभ सूचक ०.६० अंकले घट्यो। फ्लोट सूचक ०.३५ अंक र सेन्सेटिभ फ्लोट सूचक ०.२० अंकले घटेको छ। 
 
नेप्सेका १३ उपसमूहमध्ये ९ उपसूचक घट्यो भने चार उपसमूह बढ्यो। निर्जीवनबीमातर्फ ५५.६० अंकले बढेको छ। विकास बैङ्कतर्फ २६.२५ अंकले बढेको छ। त्यसैगरी ७.२२ अंक र इन्भेष्टमेन्टतर्फ भने ०.०७ अंकले बढेको छ। आइतबार घट्ने उपसमूहमा जीवनबीमा रह्यो। सो उपसमूह ५७.४६ अंकले घट्यो। त्यसैगरी होटेल तथा पर्यटनतर्फको उपसमूहतर्फ २७.७६ अंकले घटेको छ। अन्यतर्फ १८.६६ अंकले घट्यो। 
 
आइतबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा युनिक नेपाल लघुवित्त कम्पनी रह्यो। सो कम्पनीको सेयर १० प्रतिशत र मैलुङ हाइड्रोपावर कम्पनीको सेयर ९.४६ प्रतिशत र समाज लघुवित्त ८.२० प्रतिशतले बढेको छ। आइतबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा महिला लघुवित्त कम्पनी रह्यो। सो कम्पनीको सेयर ५.३७ प्रतिशतले घट्यो। 
 
रावा इनर्जी डेभलमपेन्ट कम्पनीको सेयर ५.१७ प्रतिशत र नेपाल वायर हाउस कम्पनीको सेयर ३.७८ प्रतिशतले घट्यो। गत साताको अन्तिम कारोबार बिहीबार नेप्से ३०.९२ अंकले घटेर १०६७.०१ विन्दुमा झरेको छ।  बिहीबार २२६ कम्पनीको सेयर बढ्यो भने १९ कम्पनीको सेयर घट्यो। एक कम्पनीको सेयर स्थिर रह्यो। बिहीबार एक करोड १५ लाख १४ हजार पाँच सय ७१ कित्ता सेयर किनबेच हुँदा चार अर्ब १८ करोड ६ लाख ३२ हजार एक सय ३९ रुपैयाँको सेयर किनबेच भयो।

प्रकाशित: २१ माघ २०८० १६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App