२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव

राष्ट्रिय वाणिज्य बैंकले ‘वित्तीय साक्षरताका लागि प्रभातफेरी’ कार्यक्रम सम्पन्न गरेको छ। बैंकको ५९ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरू तथा विभिन्न शाखा कार्यालयहरूबाट सो प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो।

बैंक सञ्चलक समितिका अध्यक्ष दिलीपकुमार ढुंगाना तथा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकिङ चेतना वृद्धि गर्ने उद्देश्यले समाजप्रतिको उत्तरदायित्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताएका छन्।

बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको सो कार्यक्रममा वित्तीय साक्षरता अंकित बैंकको लोगो भएका प्लेकार्ड बोकेर बाजागाजा र व्यानरसहित भद्रकाली, शहीदगेट, न्युरोड गेट, रत्नपार्क, बागबजार, पद्मकन्या कलेज, पुतलीसडक, पद्मोदय मोड, राष्ट्रिय सभागृह र पुनः भद्रकाली हुँदै केन्द्रीय कार्यालयमा पुगेर समापन भएको थियो।

यस्तै राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवको अवसरमा ४७७ जनाले रक्तदानसमेत गरेका छन्। बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरूमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। साथै यसै अवसरमा बैंकले स्वास्थ्य परीक्षण, फुटसल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, म्युजिकल चेयर्स, चेस, हाजिरी जवाफजस्ता खेलकुद प्रतियोगिता आयोजना भइरहेको छ।

प्रकाशित: ८ माघ २०८० ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App