साताको पहिलो कारोबार दिन सोमबार सेयरबजार मापन गर्ने नेप्सेपरिसूचक ८.७५ अंकले घटेको छ।
सोमबार दिनभरजसो नेप्सेपरिसूचक उतारचढावपूर्ण हुदैँ सामान्य अंकले घटेको हो। कारोबार सुरु हुँदा बढेको सेयरबजार कारोबार बन्द हुने बेलाभने झण्डै दोहोरो अंकले घटेको हो। सोमबार एक करोड १८ लाख ९२ हजार ५ सय ५९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१ रुपैयाँको सेयर कारोबार भयो। सोमबार १५९ कम्पनीको सेयर घट्यो भने ७७ कम्पनीको सेयर बढ्यो। १० कम्पनीको सेयर स्थिर रह्यो। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भयो।
सेन्सेटिभ सूचक ०.३७ अंकल घट्यो भने फ्लोट सूचक ०.७१ अंकले घटेको छ। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक पनि ०.१२ अंकले घट्यो। नेप्सेका १३ उपसूचकमध्ये ८ उपसूचक घट्यो भने ५ उपसूचक बढ्यो। सोमबार सबैभन्दा धेरै घट्ने उपसूचकमा जीवनबीमातर्फ रह्यो। सो उपसूचक १८०.५४ अंकले घट्यो। त्यसैगरी होटल तथा पर्यटनतर्फको उपसूचक ९६.२२ अंक र निर्जीवनबीमातर्फको उपसूचक पनि ८६.२५ अंकले घटेको छ। सोमबार बढ्ने उपसूचकमा उ्त्पादन तथा प्रशोधनतर्फ ६३.९२ अंकले बढेको छ। त्यसैगरी टे«डिङतर्फ १३.१० अंक र विकास बैंकतर्फको उपसूचक ४.१९ अंकले बढ्यो।
सोमबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा सिईडिबी हाइड्रोपावर कम्पनी र चिरख्वा हाइड्रोपावर कम्पनी रह्यो। ति दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। त्यसैगरी नेपाल वायरहाउस कम्पनी र हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीको सेयर पनि ९.९९ प्रतिशतले बढेको छ। सोमबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा मैलुङ हाइड्रोपावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ८.०९ प्रतिशतले घटेको छ। त्यसैगरी मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीको सेयर ६.५९ प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर पनि ६.५५ प्रतिशतले घटेको छ।
प्रकाशित: १६ पुस २०८० १०:४३ सोमबार