४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अब काठमाडौँबाट फुकेटसम्म सोझो उडान हुने, पहिलो उडान जनवरी २१ मा

काठमाडौँदेखि थाईल्याण्डको पर्यटकीय केन्द्र फुकेटसम्म सोझो उडान हुने भएको छ।

रुप्से होलिडेजले काठमाडौं देखी फुकेटसम्मको सोझो चार्टर उडान  हुनेछ कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीले जानकारी दिए।

रुप्से होलिडेज्ले उडानले पर्यटकलाई सोझो र सुविधाजनक उडानका साथमा सस्तो भाडादार प्रदान गर्ने उनले बताए। पराजुलीका अनुसार जम्मा ३५ हजार नेपाली रुपैंया एकतर्फी भाडादार तोकेर उडान गर्न लागिएको हो। त्यसका लागि हिमालय एयरलाइन्सको एयरबस ए ३२० प्रयोग गरिनेछ।

आगामी जनवरी २१  मा गरिने पहिलो उडानबाट काठमाडौँबाट जम्मा ३ घण्टा १० मिनेटको उडान थाइल्यान्डको फुकेटमा सोझै चार्टर उडान हुनेछ।  ‘यो पहिलो पल्ट भइरहेको छ,’ पराजुलीले भने, ‘हामीले काठमाडौँबाट सोझो नन स्टप उडान भरेर फुकेँ अवतरण गर्नेछौँ। यहाँबाट नेपाल पर्यटकलाई सोझै फुकेँ पुर्याउँछौं अनि फुकेटबाट विभिन्न देशका पर्यटकलाई काठमाडौं ल्याउने छौँ।’

उनका अनुसार एसियाको पर्यटकीय केन्द्रको रूपमा रहेको फुकेटकमा बर्सेनि करोडौँ पर्यटक आउँछन् जसको एक प्रतिशत भन्दा कम पर्यटकलाई मात्र पनि नेपाल ल्याउन सकियो भने ठुलो उपलब्धि हुनेछ। ‘उक्त काम सम्भव छ भन्ने चार्टर उडानबाट प्रमाणित गर्नेछौँ,’ उनले भने।

भियतनाम र काठमाडौं बिच सफलता पूर्वक तीन चार्टर उडान गरेको रुप्सेले ती उडान मार्फत भियतनामी पर्यटक नेपाल ल्याउन सफल भएको थियो। यही सफलता बाट हौसिएको रुप्सेले काठमाडौँ देखी फुकेटसम्मको सोझो चार्टर उडान गरेको जनाएको छ।

प्रकाशित: ६ पुस २०८० १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App