८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्धन गर्न बागलुङ महोत्सव

फाइल तस्बिर

गण्डकी प्रदेशको पर्यटन प्रवर्धन तथा स्थानीय उत्पादन बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ सम्म बागलुङ महोत्सव हुने भएको छ।

पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजारलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय भएको संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए। घरेलु तथा कृषि उत्पादन, जडीबुटी, हस्तकलाका सामग्रीसहित एक सय २० भन्दा बढी प्रदर्शनी कक्ष रहने तथा तिनमा स्थानीय वस्तु तथा सेवाको प्रदर्शनी गरिने उनले बताए।

हरेक तीन वर्षमा हुँदै आएको महोत्सव कोभिड– १९ का कारण प्रभावित भएको थियो। महोत्सवका क्रममा पुरुष भलिबल, नृत्य, दोहोरीलगायत प्रतियोगिता आयोजना हुनेछन्। महोत्सवको नारा ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ रहेको छ।

प्रकाशित: २० मंसिर २०८० ०१:३६ बुधबार

बागलुङ महोत्सव पर्यटन प्रवर्धन तथा स्थानीय उत्पादन बजारीकरण