२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेलद्वारा तीन जनालाई स्कुटर

एनसेलले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत तीन ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ। बम्पर पुरस्कार जित्न सफल सात ग्राहकमध्ये मंगलबार तीन जनालाई छुट्टाछुट्टै कार्यक्रममाझ विराटनगर, धनगढी र हेटौडामा स्कुटर हस्तान्तरण गरिएको हो।

विराटनगरस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रम माझ अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी छन्। त्यस्तै मंगलबार नै धनगढीस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रममा अभिनेत्री केकी अधिकारीले गोमा कुमारी खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी हुन्।

त्यसैगरी एनसेल सेन्टर हेटौडामा एनसेलका प्रोडक्टस् डाइरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई पनि बम्पर पुरस्कार हस्तान्तरण गरेका छन्।

यो योजना एनसेलको १८ औं वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाइँकै लागि’ अन्तर्गत सञ्चालन गरिएका पहलहरूमध्ये एक हो।

प्रकाशित: २३ कार्तिक २०८० ०२:४७ बिहीबार

हामी तपाइँकै लागि एनसेलद्वारा तीन जनालाई स्कुटर