२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

टिभिएसले इलेक्ट्रिक स्कुटर आइक्युब सार्वजनिक गर्दै

 टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भदौ २६ देखि हुन लागेको नाडा अटो सोमा आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्दैछ।

कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरूको दैनिक आवत–जावतलाई अझै सहज बनाउँदै शहरी दैनिकीमा एउटा गेम चेन्जरको रूपमा स्थापित हुने विश्वास कम्पनीले लिएको छ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले टिभिएस आइक्युब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल शहरी गतिशीलताप्रति कम्पनीको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने बताए। उनले आकर्षक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक शहरका सचेत नागरिकको लागि आकर्षक मूल्यमा नवीन विकल्पहरू प्रदान गर्ने उद्देश्यले टिभिएस आइक्युब नेपाली बजारमा ल्याएको जानकारी दिएका छन्।

तीन किलोवाट क्षमताको बिएलडिसी हब मोटर प्रयोग गरिएको यस टिभिएस आइक्युबको कार्यक्षमता उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। ४.४० किलोवाटको अधिकतम् पावर र एक सय ४० एनएमम्याक्सिमम् टर्क भएकाले आइक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पिड र एजिलिटी प्रदान गर्ने छ। यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ।

नयाँँ टिभिएस आइक्युब इलेक्ट्रिक स्कुटर नाडा अटो सोभरि टिभिएसको स्टलमा प्रदर्शन गरिने छ। सहभागीहरूले स्टलमा आएर यसका सुविधाहरू एक्सप्लोर गर्ने र टेस्ट ड्राइभ गर्ने अवसरसमेत पाउनेछन्। टिभिएस आइक्युब इलेक्ट्रिक स्कुटर वातावरणप्रति सचेत आधुनिक शहरी यात्रुहरूको लागि व्यावहारिक छनोट भएको कम्पनीले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८० ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App