१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

ताप्लेजुङबाट ३२ करोड रुपैयाँ बढी राजश्व असुली

करदाता सेवा कार्यालय नभएको ताप्लेजुङमा आर्थिक वर्ष २०७९।८० मा ३२ करोड बढी राजश्व असुली भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९।०८० मा ३२ करोड २ लाख २१ हजार ३ सय ५१ रुपैयाँ राजश्व असुली भएको छ। 

कोलेनिकाका लेखापाल शंकर राउतका अनुसार आव २०७९।८० मा कर राजश्व बापत २ करोड ३९ लाख ५८ हजार ८ सय ४ रुपैयाँ,अन्य राजश्व बापत ३ करोड ८९ लाख २ हजार ८० रुपैयाँ राजश्व असुली भएको छ। यस्तै विविध प्राप्तिमा १९ करोड ९८ लाख १ हजार ७ सय ८ रुपैयाँ र बाँडफाँड हुने राजश्वबाट ५ करोड ७५ लाख ६१ हजार ७ सय ६० रुपैयाँ असुली भएको छ। सबैभन्दा बढी राजश्व असुली कोष तथा लेखा नियन्त्रक कार्यालयबाट भएको छ। राजश्व खातामा कोलेनिकाबाट २७ करोड ५६ लाख ७८ हजार १ सय ४२ रुपैयाँ जम्मा भएको छ।

 यस्तै जिल्ला प्रशासन कार्यालयबाट २ करोड ६८ लाख ६६ हजार १ सय २० रुपैयाँ,मूलघाट–दोभान–ओलाङचुङगोला सडक योजनाबाट ८२ लाख ७४ हजार ६ सय ६५ रुपैयाँ राजश्व खातामा जम्मा भएको छ। यसैगरी शिक्षा विकास तथा समन्वय इकाईबाट २७ लाख ६६ हजार ३ सय ५० रुपैयाँ,जिल्ला अदालतबाट २० लाख ८८ हजार ९ सय ६२ रुपैयाँ र नापी कार्यालयबाट १६ लाख ४० हजार ६ सय ७९ रुपैयाँ राजश्व असुली भएको कोलेनिकाले जनाएको छ।

 यस्तै कञ्चनजंघा संरक्षण कार्यालयबाट ११ लाख ६६ हजार ९ सय ४८ रुपैयाँ,जिल्ला प्रहरी कार्यालयबाट ८ लाख ३३ हजार ४ सय २० रुपैयाँ,हुलाक कार्यालयबाट ७ लाख १ हजार १ सय ३७ रुपैयाँ र भीमकाली गुल्मबाट १ लाख १९ हजार ७ सय ४० रुपैयाँ राजश्व खातामा जम्मा भएको कोलेनिकाले जनाएको छ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ४४ हजार ५ सय ५० रुपैयाँ,जिल्ला निर्वाचन कार्यालयबाट ३० हजार ५ सय रुपैयाँ र सीमा प्रशासन कार्यालयबाट १० हजार १ सय ३८ रुपैयाँ राजश्व असुली भएको समेत कोलेनिकाले जनाएको छ। सीमा प्रशासनबाट राजश्व खातामा दाखिला भएको रकम बेरुजुबापतको रहेको बुझिएको छ। नेपाल–चीनको स्वसासित क्षेत्र तिब्बततर्फको सीमा प्रशासन हेर्ने गरी ओलाङचुङगोलामा रहेको सीमा प्रशासन कार्यालयले राजश्व बापत विगत लामो समय देखि एक रुपैयाँ पनि असुल गरेको छैन।

कोलेनिकाका लेखापाल राउतले कर दाता सेवा कार्यालय नभएपछि ठूलो रकम पाँचथरस्थित करदाता सेवा कार्यालयमा जम्मा हुने गरेको जानकारी दिए। पुँजीगत लाभकर,अनुदान फिर्ता,बेरुजु,मूल्य अभिवृद्धि कर अन्तर्गत बेदर्तावालाबाट हुने संकलन सहितका रकमबाट मोटो रकम राजश्व खातामा जम्मा भएको देखिएको छ। 

प्रकाशित: २ श्रावण २०८० ०८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App