२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

नवलपरासीमा सामसुङको टेलिभिजन उद्योग

सामसुङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ।

स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न उक्त कारखाना स्थापना गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नेपालमा बहुराष्ट्रिय कम्पनीद्वारा निर्माण गरिएको पहिलो इलेक्ट्रोनिक्स उत्पादन सुविधायुक्त कारखाना हो।

कारखानाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसुङ दक्षिण(पश्चिम एसियाका अध्यक्ष एवंम् प्रमुख कार्यकारी अधिकृत जेबी पार्कले संयुक्त रूपमा गरेका छन्।

सामसुङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ।

सामसुङ दक्षिण (पश्चिम एसियाका अध्यक्ष एवंम् प्रमुख कार्यकारी अधिकृत जेबी पार्कले नेपालमा २ दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको उल्लेख गर्दै कम्पनीकोे साझेदार हिम इलेक्ट्रोनिक्ससँगको नयाँ टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउन र स्थानीय उद्योगलाई सशक्त बनाउन कम्पनीले गरिरहेको कार्यको एक अर्को उदाहरण भएको बताएका छन्।

गोल्छा समूहका अध्यक्ष एवंम् प्रबन्ध निर्देशक शेखर गोल्छाले सामसङसँगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त संभावनालाई दर्शाउने बताएका छन्।

यो कम्पनी अहले देशमा एक घरेलु नाम बनिसकेको छ। यसले नेपालको बजारमा आफ्नो साझेदारसँग मिलेर हाल उपभोग्य इलेक्ट्रोनिक्स उत्पादनहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ्स, र स्मार्टफोन बिक्री वितरण गर्दछ। देशभर सामसङको ५०० वटा इलेक्ट्रोनिक्स रिटेल पसलहरू र ग्राहक सेवा केन्द्रहरूको सञ्चालनमा रहेका छन्।

प्रकाशित: १४ वैशाख २०८० ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App