२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

‘नेपाल इलेक्ट्रिक पावर लाइट्स’ प्रदर्शनी हुँदै

विद्युतीय र ऊर्जासँग सम्बन्धित ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै छ।

प्रदर्शनी नेपालको पहिलो एकमात्र बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युत्सँग सम्बन्धित प्रदर्शनी भएको आयोजकको दाबी छ। प्रदर्शनी मिडिया स्पेस सोलुसन्सका साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको हो।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीहरूको स्टल रहने आयोजकले जनाएका छन्। प्रदर्शनीमा विद्युत् तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्न केन्द्रको भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ।

प्रदर्शनी यही माघ ६ देखि माघ ८ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने आयोजकले जनाएका छन्। 

प्रकाशित: २८ पुस २०७९ ०५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App