२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

‘नेपाल फर्मा एण्ड हेल्थ’ प्रदर्शनी हुँदै

आगामी माघ ६ देखि ८ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा ‘नेपाल फर्मा एण्ड हेल्थ’ नामक औषधोपचार, स्वास्थ्यपचार, तथा फार्मेर्सीसँग सम्बन्धित प्रदर्शनी हुँदै छ।

मिडिया स्पेस सोलुसन्सका साथै एक्जिबिसन एण्ड एक्जिबिसन एण्ड इभेन्टसको संयोजकत्वमा सो प्रदर्शनी हुन लागेको हो।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी सय भन्दा बढी कम्पनीहरूको स्टल रहने आयोजकले जानकारी दिएका छन्।

प्रदर्शनी, सम्मेलन र साझेदारी विषेशता भएको उक्त प्रदर्शनी नेपालमा विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउन केन्द्रीय भूमिका खेल्ने आयोजकको दाबी छ।

नेपालले औषधी तथा स्वास्थ्य उद्योगको विकासमा निश्चित गति लिएको जनाउँदै यस क्षेत्रहरूबाट देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुन्छ र स्वास्थ्य सेवामा सरकारी लगानी बढ्ने तथा यस क्षेत्रमा दिगो विकास ल्याउने प्रदर्शनीको उदेश्य रहेको आयोजकले बताएका छन्।

प्रदर्शनीले विभिन्न देशका कम्पनी र ब्राण्डसहित बिजिनेस लिडर, डाक्टर, वैज्ञानिक, विशेषज्ञ, अनुसन्धानकर्ता, सरकारी अधिकारी, नीतिनिर्माता र उद्योगी एवम् पेशाव्यवसायीलाई एकसाथ समेट्ने अपेक्षा लिएको छ।

एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाइमा लिएर जानेमा आयोजक विश्वस्त रहेको छ।

प्रदर्शनीमा आउने चाहने इच्छुकहरूलाई प्रवेश निःशुल्क गरिएको छ भने प्रदर्शनीमा सहभागी हुन चाहने सम्पूर्णमा दर्ता खुला भएको आयोजकले जनाएको छ।

प्रकाशित: २६ पुस २०७९ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App