२३ असार २०८१ आइतबार
image/svg+xml
कला

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै

डा. भगवान कोइरालाले ‘हृदय’को विशेष संस्करण ल्याउने भएका छन्। विशिष्टीकृत बाल अस्पताल निर्माणमा जुटिरहेका कोइरालाले यही लक्ष्यलाई सानै स्तरबाट सघाउने उद्देश्यले पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याउने भएका हुन्।  

डा. कोइरालाले पुस्तकमा जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई विश्लेषणात्मक रूपमा प्रस्तुत गर्दै छन्। 

यही भदौ अन्तिम साता काठमाडौंमा उक्त विशेष संस्करणको लोकार्पण हुँदै छ। विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण भएको छ, जसको अङ्कित मूल्य २५,०००।– (पच्चीस हजार रुपैयाँ) रहेको छ।  

विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्नेछन्। यद्यपि विशेष संस्करण निस्किएको एक सातापछि अर्थात् असोजको पहिलो सातादेखि पुस्तकको नियमित संस्करण पनि अङ्कित मूल्य ५७५ रुपैयाँमा पाठकका निम्ति उपलब्ध हुनेछ। नियमित संस्करणको पनि ५० प्रतिशत लेखकस्व किओचलाई हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गरेका छन्।  

विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रुपैयाँ प्रकाशकले आफ्नो लागत र लेखकले लेखकस्व केही नकटाई सीधै अस्पताललाई हस्तान्तरण गरिनेछ।  

प्रकाशित: १२ भाद्र २०७९ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App