२४ असार २०८१ सोमबार
image/svg+xml
कला

चलचित्र ‘प्रसाद २’ विवाद: अग्रवाल पक्राउ परेलगत्तै सुदर्शन थापा र मिलन श्रेष्ठ फरार

नेपाली चलचित्र ‘प्रसाद २’ आफ्नो मन्जुरीबिना देश–विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ नोक्सान गरेको भन्दै फिल्म निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले प्रहरीमा उजुरी दिएपछि विवादित बनेको छ।

फिल्म निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले ठगी अपराधिक  विश्वासघात एक्सटर्सन तथा अपराधिक लाभ मुद्दामा तीन जना विरूद्ध जाहेरी दिएका थिए।

जाहेरी परेकामध्ये ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल भने पक्राउ परेका छन्।

फिल्म निर्देशक सुदर्शन थापा र फिल्म सम्पादक मिलन श्रेष्ठ भने फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। 

प्रकाशित: २१ आश्विन २०८० १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App