अचेल नेताहरूलाई खलनायकका रूपमा चित्रण गर्नु अनौठो मानिँदैन। सर्वसाधारणले देश नबन्नुको दोष तिनैका टाउकामा राखेको देखिन्छ। विशेषगरी सामाजिक सञ्जालमा व्यक्त हुने नेताविरुद्धका अभिव्यक्ति देख्दा तिनीहरू धन्नै बाँचेका छन् भन्ने लाग्छ। यसै पनि नेपाली समाजले कसै न कसैलाई खलनायक बनाइरहेको हुन्छ। नायक खोज्ने समाजले जताततै खलनायक मात्र पाउँछ।
के अहिलेका नेताहरू खराब नै हुन् ? हेरौँ, मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई। उनी २०४८ सालमा मुलुकको गृहमन्त्री बनेका बेला छात्राबासमा बस्ने एउटा विद्यार्थी जस्ता थिए। मन्त्री निवासमा साथीहरूले ल्याएका खानेकुरासँग आफ्ना समय गुजारेका छन्। न तिनको कुनै खाने ठेगान थियो, न बस्नकै। तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लकले आरजु राणासँग विवाह गराएपछि मात्र उनको जीवन व्यवस्थित हुन थालेको हो।
आफूलाई लागेको भन्न सक्ने, उदार लोकतान्त्रिक गुण भएका देउवा आजको दिनमा पनि प्रेस र सर्वसाधारणले आलोचना गर्न पाउनुपर्छ भन्ने ठान्छन् आफ्नाबारे नराम्रो लेखिएको कारण कुनै पत्रकार वा सम्पादकलाई नभेटौँ भन्ने उनलाई कहिल्यै लाग्दैन। बरु उनको सहज प्रतिक्रिया हुने गर्छ– लेख्न पाउनुपर्छ। उनी भएका कुरा भन्दिन्छन्। उनको त्यही गुणका आधारमा कैयन् गोप्य भनिएका कुरा पनि सार्वजनिक छलफलमा आएका छन्।
संसारको कुनै पनि द्वन्द्व नेपालमा जस्तै एकै पटकमा सजिलै शान्ति प्रक्रियामा प्रवेश गरेको छैन। माओवादी केन्द्र अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री दाहालले मुलुकका आमअपेक्षा पूरा गर्ने गरी काम गर्न नसकेका होलान् तर देशलाई शान्तिको बाटोमा हिँडाउनुमा उनको योगदानलाई कम आँक्न सकिँदैन।
चौथोपटक प्रधानमन्त्री भएपछि सामाजिक सञ्जालको आँखाको तारो बनेका छन् केपी शर्मा ओली। उनलाई नजिकबाट चिन्नेहरू यथार्थमै उनका ठूला ‘फ्यान’ बनेको देखिन्छ। राति थोरै सुतेर पुग्ने र अध्ययन गर्ने बानीका कारण पनि पार्टीभित्र धेरैले उनलाई आदर्श मान्छन्। विदेशतिर पनि खास किसिमको आनीबानी भएका र रमाइलो गरी आफूलाई सार्वजनिक मञ्चमा प्रस्तुत गर्न सक्ने यस्ता नेताको ठूलै ‘क्रेज’ अर्थात् आकर्षण हुने गर्छ।
अमेरिकी पूर्वराष्ट्रपति एवं आगामी निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार डोनाल्ड जे ट्रम्पका विरोधीले पनि उनको बोल्ने र संगठन गर्ने शैलीको प्रशंसा गर्छन्। उनी अनुदार छन्, तैपनि उनको ‘अमेरिकालाई फेरि महान् बनाऔँ’ नाराले ध्यान तानिरहेको छ। बाचाल नेताहरूप्रतिको आकर्षण जहिल्यै आममानिसमा हुन्छ। हाम्रो मुलुकमा पनि ओली विरोधीले पनि उनको बोलीको प्रशंसा गर्छन्। नेकपा (एमाले)को तर्फबाट २०५१ सालमा गृहमन्त्री रहेका बेला तत्कालीन प्रहरी महानिरीक्षकले त्यत्तिकै भनेका थिएनन्– हाम्रा गृहमन्त्रीको मुखमा सरस्वती बसेकी छन्।
बाल्यकालमा दुःख पाएका, आन्दोलनमा लागेर १४ वर्ष जेल बसेका, लामो समयसम्म पार्टीभित्र ठूलो जिम्मेवारी नपाए पनि पर्खेर बस्ने धैर्य भएका र कहिल्यै पछि फर्कनु नपर्ने गरी मुलुकको राजनीतिमा अपरिहार्य हुन पुगेका ओलीमाथि अहिले निरन्तर भइरहेको आक्रमणको अर्थ के हुन सक्छ ? के उनी सधैँ सत्ता राजनीतिको केन्द्रमा हावी भए भन्ने मात्र हो वा पुराना दलको विकल्प खोज्ने जमातले जानाजानी गरिरहेको आक्रमण हो ? ओली र उनी जस्ता नेता भएसम्म अरूले चाहे जसरी मुलुकलाई हिँडाउन सकिँदैन भन्ने भएर नै यस्तो आक्रमण भइरहेको हो।
अभिव्यक्तिको अधिकार मुलुकले पाएको छ। तर यतिबेला झुटा अभिव्यक्तिले लोकतन्त्रका आधारभूत चरित्रलाई छायाँमा पारेर अधिनायकवादतर्फ देशलाई लम्काउन खोजिएको छ। यी नेताको रिसले देशमा फेरि पुरानै शाहीतन्त्रको खोजी भइरहेको छ।
अर्का नेता हुन् पुष्पकमल दाहाल। ‘प्रचण्ड’ का नाममा वर्षौँ भूमिगत राजनीतिमा उनी सक्रिय रहे। संसारका विभिन्न देशमा भएको छापामार शैलीको ‘जनयुद्ध’ गरेर उनले आफ्नो शक्ति आर्जन गरे। २०६३ सालदेखि मुलुकको राजनीतिमा उनी निरन्तर सक्रिय छन्। मुलुकमा बहाल पछिल्लो संविधान प्राप्तिदेखि अहिले देशमा मानिसले समावेशी राजनीति गर्न पाउनुपछाडि उनी र उनको दलको भूमिका छ । संसारको कुनै पनि द्वन्द्व नेपालमा जस्तै एकै पटकमा सजिलै शान्ति प्रक्रियामा प्रवेश गरेको छैन। माओवादी केन्द्र अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री दाहालले मुलुकका आमअपेक्षा पूरा गर्ने गरी काम गर्न नसकेका होलान् तर देशलाई शान्तिको बाटोमा हिँडाउनुमा उनको योगदानलाई कम आँक्न सकिँदैन।
शीर्ष भागमा देखिएका यी तीन नेताबाहेक पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई आफ्नो समयका नायक हुन्। उनीहरूले आफ्नो छोटो कार्यकालमा देशका निम्ति योगदान गरेकै छन्। कामकै सिलसिलामा केही गल्ती भए होलान् तर देशलाई हानि नै गराउने गरी यिनले काम गरे भनेर ठोकुवा गर्न सकिँदैन।
यीबाहेक पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, मधेसका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव आदिले पनि आफ्नो समयमा कुनै न कुनै रूपमा नेपाली समाजलाई समावेशी, समृद्ध र लोकतान्त्रिक बनाउन योगदान गरेका छन्।
पश्चिमा विकसित मुलुकमा नेताहरू लामो समय कार्यकारी पद लिन अस्वीकार गर्छन्। त्यो पदमा रहँदा हुने तनाव र कम कमाइले उनीहरूलाई त्यसमा रहिरहन दिँदैन।
तर, यतिबेला आएर यी सबै नेताले मुलुक बिगारेको भन्ने भाष्य निर्माण गरिएको छ। नेपाली राजनीति आज पनि उदार बन्नु र यहाँ आलोचनात्मक चेतलाई बचाइरहनुमा यस्ता थुप्रै नेताको योगदान छ। देशले अंगीकार गरेको खुला र उदार राजनीतिले सबैलाई बोल्न दिएको हो। अभिव्यक्तिको अधिकार मुलुकले पाएको छ। तर यतिबेला झुटा अभिव्यक्तिले लोकतन्त्रका आधारभूत चरित्रलाई छायाँमा पारेर अधिनायकवादतर्फ देशलाई लम्काउन खोजिएको छ। यी नेताको रिसले देशमा फेरि पुरानै शाहीतन्त्रको खोजी भइरहेको छ।
अहिले आलोचित भइरहेका पुराना नेताहरू मुलुकको राजनीतिमा प्रवेश गर्दै गर्दा कुनै ठगीको मुद्दा टाउकोमा लिएर आएका थिएनन्। न उनीहरू प्रेसलाई सामना गर्ने मामलामै अनुदार थिए। आफ्ना कमजोरीलाई स्वीकार गर्ने साहस पनि तिनमा थियो र अझै छ। देशमा पुराना नेताको धेरै विरोध भएको एउटै कारण हो–निरन्तर मुलुकको शासनमा आफूलाई सक्रिय राख्नु। अन्यत्र मुलुकमा पनि वृद्ध नेता शासनमा हुन्छन्। वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन ८१ वर्षका छन्। राष्ट्रपतिका रूपमा यो मात्र एक कार्यकाल हो। यसअघि उनी उपराष्ट्रपति थिए। यसपटक उनलाई उमेरका कारणले दोस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्न आफ्नै दलभित्रको आलोचनाले पनि काम गरेपछि वर्तमान उपराष्ट्रपतिलाई राष्ट्रपतिको उम्मेदवार बनाउन उनी तयार भएका हुन्।
सामाजिक सञ्जालमा आउने अर्थहीन अभिव्यक्तिबाट राजनीतिको जानकारी लिइ अन्धकारमा परेको अहिलेको जनसंख्याले झनै सही निर्णय गर्न नसक्ने अवस्था आइसकेको छ। नेताहरूलाई सत्तोसराप गरेरभन्दा पनि सुझबुझपूर्ण निर्णयबाट मात्र सही निष्कर्षमा पुग्न सकिन्छ।
नेपालमा भए उनी निरन्तर राष्ट्रपतिका निम्ति कोसिस गर्ने थिए। मलेसियामै महाथिर मोहम्मदले ९३ वर्षमा प्रधानमन्त्रीको जिम्मेवारी लिएकै हुन्। पश्चिमा विकसित मुलुकमा नेताहरू लामो समय कार्यकारी पद लिन अस्वीकार गर्छन्। त्यो पदमा रहँदा हुने तनाव र कम कमाइले उनीहरूलाई त्यसमा रहिरहन दिँदैन।
हामीकहाँ नेताहरू लामो समयसम्म पदमा किन बस्छन् ? भन्ने प्रश्न हुने गरेको छ। त्यसको कारण नयाँ नेतृत्वले तिनलाई विस्थापित गर्न नसकेको पनि हो। गिरिजाप्रसाद कोइरालालाई विस्थापित गरेर नेतृत्वमा पुग्न देउवालाई पार्टी नै विभाजन गर्नुपर्ने अवस्था समेत आएकै हो। ओलीलाई माधवकुमार नेपाललाई पराजित गरेपछि मात्र अवसर आएको हो। त्यसैले अहिलेका नेताहरू सक्रिय भइरहेकामा गाली गर्नुभन्दा पनि तिनलाई जिम्मेवारीबाट हटाउन सक्ने गरी नयाँ नेतृत्व तयार नहुनु मुख्य हो। कसैले पनि किस्तीमा राखेर जिम्मेवारी अरूलाई दिँदैनन्। त्यसका निम्ति निरन्तर प्रयास गर्ने अरू व्यक्तिको भूमिका महत्त्वपूर्ण हुन्छ।
हामीले अहिले जसलाई खलनायक बनाएर लखेटिरहेका छौँ, यथार्थमा तिनैले हाम्रो स्वतन्त्रता पुनस्र्थापित गरेका हुन्। अहिले भइरहेको स्वतन्त्र र उदार व्यवस्थाका विरुद्ध सक्रिय हुनु भनेको ‘तावाबाट भुंग्रोमा हामफाल्नु’ मात्र हो।
नेताले देश कसरी बिगारे भन्ने आधार छैन। नेताभन्दा कर्मचारीतन्त्र खतरनाक छ। त्यतातिर पनि कसैको ध्यान छैन। देश बन्न नसकेको यिनकै कारणले होभन्दा पनि आम मानिसले आफूलाई राजनीतिकरूपमा सचेत राख्दै निर्वाचनबाट परिवर्तन गर्न कोसिस गर्नुपर्ने हो। सामाजिक सञ्जालमा आउने अर्थहीन अभिव्यक्तिबाट राजनीतिको जानकारी लिइ अन्धकारमा परेको अहिलेको जनसंख्याले झनै सही निर्णय गर्न नसक्ने अवस्था आइसकेको छ। नेताहरूलाई सत्तोसराप गरेरभन्दा पनि सुझबुझपूर्ण निर्णयबाट मात्र सही निष्कर्षमा पुग्न सकिन्छ।
देशमा यतिबेला नकारात्मक वातावरण बनाइएको छ। यस्तो नकारात्मक वातावरणले सही निर्णय गर्ने अवस्थामा पुर्याउँदैन। बरु यसले अन्योलग्रस्त अवस्थामा पुर्याउँछ। हामीले अहिले जसलाई खलनायक बनाएर लखेटिरहेका छौँ, यथार्थमा तिनैले हाम्रो स्वतन्त्रता पुनस्र्थापित गरेका हुन्। अहिले भइरहेको स्वतन्त्र र उदार व्यवस्थाका विरुद्ध सक्रिय हुनु भनेको ‘तावाबाट भुंग्रोमा हामफाल्नु’ मात्र हो।
@gunaraj
प्रकाशित: २३ आश्विन २०८१ ०७:०८ बुधबार