२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

ठूलो परिमाणमा लागूऔषधसहित दुई पक्राउ

आईतबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवामा सार्वजनिक गरिएका अभियुक्त एवं बरामद लागूऔषध, नगदसहित सामान । तस्बिर:टंक/नागरिक

सर्लाही- सर्लाहीबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। कास्कीको लेखनाथ पोखरा महानगरपालिका–१ घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बस्ने ३५ वर्षीय पूर्णबहादुर तामाङ तथा तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का ४३ वर्षीय यज्ञचन्द्र आलेलाई ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। आईतबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गर्दै बरामद लागूऔषधसहित अभियुक्त सार्वजनिक गरेको छ।

भारतको सोनवर्षाबाट सर्लाहीको पर्सा गाउँपालिकातर्फ आउँदै गरेको बा. १२ च ३५२७ नम्बरको कार शंका लागेर चेकजाँच गर्दा कारभित्र राखिएको १०० मिलिलिटरको २१० बोतल फेन्सिडिल र ९०० थान नाईट्राभेट ट्याब्लेट बरामद् भएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।

त्यस्तै कार भित्रैबाट नगद ३ लाख ६७ हजार रुपैयाँ, हङकङ डलर २४ तथा ५० सेन्ट, ५ थान मोबाईल समेत बरामद भएको भन्दै प्रहरीले सार्वजनिक गरेको छ। तामाङले कार चलाएका थिए भने आले अगाडीको सीटमा बसेका थिए।

उनीहरु पेशेवर रुपमा लागूऔषधको कारोबार गर्ने गरेको प्रहरीको दाबी छ। पक्राउ परेका दुवैजनालाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रकृया अगाडी बढाईने प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।

 

प्रकाशित: ५ माघ २०७६ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App