२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

उदयपुरको कटारी नगरमा गठबन्धन अगाडि

गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ। तस्बिरः महेश्वर/नागरिक

वैशाख ३० गते सम्पन्न स्थानीयतह निर्वाचनमा कटारी नगरपालिकामा गठबन्धनले अग्रता लिईरहेको छ। साँझ ५:०० बजेको परिणाम अनुसार १४ मध्ये ११ वटा वडाको गणनामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका राजेशचन्द्र श्रेष्ठले अग्रता लिइरहेका छन्।  

उपमेयरमा भने नेकपा (एमाले)की मीना खड्का फराकिलो मतान्तरले अगाडि छिन्। मेयरमा काँग्रेसका श्रेष्ठले ४ हजार ६ सय ९५ मत पाउँदा एमालेका ज्ञानेन्द्र श्रेष्ठले ४ हजार ३ सय ७९ मत पाईरहेका छन्। त्यस्तै उपमेयरमा खड्काले १ हजार ५ सय ८ मतले अग्रता लिँदैछिन्।  

खड्काले ४ हजार ६ सय ५३ मत ल्याउँदा गठबन्धनका तर्फबाट उपमेयर माओवादीका बिनोद कटुवालले २ हजार ८ सय ७१ मत पाईरहेका छन्। मेयरका माओवादीका बिद्रोही उम्मेदवार केपी बरालले ३ हजार ५ सय २८ मत ल्याएर तेस्रो स्थान सुरक्षित गर्दैगर्दा एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार हृदय तामाङले २ हजार ८ सय ७ मतले तेस्रो स्थान लिएका छन्।  

वडाध्यक्षमा भने एमालेले बहुमत जितिरहेको छ। हालसम्म परिणाम घोषण भईसकेका १० वटा वडामध्ये एमालेले ५ वटामा कब्जा जमाईसकेको छ। वडा नं. ४ देखि १४ सम्ममा ५, ६, १०, ११ र १४ मा एमालेको कब्जा भईसकेको छ। ५ मा मोहन तामाङले वडध्यक्ष जित्दा ६ मा प्रेमबहादुर मगर, १० मा क्षेत्रबहादुर खड्का, ११ मा अनन्त आयु, १३ मा विष्णु श्रेष्ठ र १४ मा अम्बरबहादुर मगर एमालेबाट वडाध्यक्ष विजयी भएका छन्।  

४ र ८ मा भने स्वतन्त्र उम्मेदवार भूपेन्द्र तामाङ र नविन्द्रकुमार तामाङले वडाध्यक्षमा बाजी मारेका छन्। त्यसैगरी एकीकृत समाजवादीका बेगबहादुर आलेले ९ नं.मा, काँग्रेसबाट सविन ढुंगाना ७ नं. र माओवादी केन्द्रका यम्बर कटुवाल १२ नं. मा वडाध्यक्ष चुनिएका छन्। हालसम्म १८ हजार ९ सय ८० मत गणना भईसकेको कटारीमा २५ हजार ७ सय ५३ मत खसेको छ। हाल ३ नं. वडाको गणना भईरहेको र अव १ र २ नं. को बाँकी गणना मंगलबार दिनभरमा सकिएर अन्तिम परिणाम आउने निर्वाचन अधिकृत राजकुमार राउतको अनुमान छ।

प्रकाशित: ९ जेष्ठ २०७९ १४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App