२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा २ सय ४७ जनाको आरडिटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

ताप्लेजुङ- ताप्लेजुङमा अहिले सम्म २ सय ४७ जनाको र्‍यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी) परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अहिले सम्मको कोरोना नियन्त्रण तथा व्यवस्थापनको प्रगति बिवरण सार्वजनिक गरेका हुन् ।

निरौलाका अनुसार ११ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । अब जिल्ला भरमा ६६ पुरुष र ४५ महिला गरी कूल १ सय ११ जना क्वारेन्टाइनमा रहेको समेत निरौलाले बताए । जिल्ला भरमा १ सय ७९ शैयाको क्वारेन्टाइन र १४ शैयाको आइसोलेसन रहेको निरौलाल बताए । ५ वटा हेल्थ डेक्स रहेकोमा त्यहाँ ३ हजार ६५५ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको समेत निरौलाले जानकारी दिए ।

क्वारेन्टाइनमा रहेका सबैको आरडिटी परीक्षण गरी प्राप्त स्वास्थ्य परीक्षणका आधारमा उनीहरुलाई स्वास्थ्य सजगता अपनाउने सर्तमा क्वारेन्टाइनमुक्त गर्ने तयारी स्वरुप अहिले जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको टोलीले गाउँ–गाउँ पुगेर आरडिटी परीक्षण गरिरहेको छ ।

प्रकाशित: २२ वैशाख २०७७ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App