२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानडाको मस्जिदमा आक्रमण, ६ को मृत्यु

ओट्टावा– क्यानडाको क्युबेक शहरमा रहेको एक मस्जिदमा आंतकवादी आक्रमण हुँदा ६ जना मारिएका छन् भने ८ जना घाइते भएका छन् ।

घटनामा संलग्न भएको आरोपमा दुईजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ। प्रधानमन्त्री जस्टिन त्रिदेउले घटनालाई मुस्लिममाथिको आंतकवादी आक्रमण भएको बताउँदै मृतकप्रति समवेदना प्रकट गरेका छन् ।

क्युबेक प्रान्तका प्रहरी क्रिस्टिन कोलम्बले घटनामा घाइते हुनेको संख्या पुष्टि गर्दै अन्य ३९ व्यक्तिले भागेर ज्यान बचाएको बताए ।

मुस्लिम क्यानाडाली राष्ट्रिय जनसङ्ख्याको एक अभिन्न अंग भएको र यस्ता  भावहीन आतंककारी कार्यको लागि आफ्नो समाज, शहर राष्ट्रमा कुनै स्थान नभएको पनि प्रधानमन्त्री उनले बताएका छन् ।

उनले प्रशासनले घटनाका बारेमा विस्तृत अध्ययन गरिरहेको बताएका छन् । घटना बारे बोल्दै उनले भने, ‘यस्तो खालको निर्दयी हिसां हेर्दा मुटु पोल्छ । विविधता हाम्रो शक्ति हो र धार्मिक सहिष्षुणता हामी क्यानेडियनहरुको मान्यता हो ’ 

क्युबेक प्रान्तका प्रहरी क्रिस्टिन कोलम्बले घटनामा घाइते हुनेको संख्या पुष्टि गर्दै अन्य ३९ व्यक्तिले भागेर ज्यान बचाएको बताए।

क्युबेक शहरका मेयर रेगिस लाबेउमले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सेन्टर कल्चरल इस्लामिक डि क्युबेकमा भएको नाटकीय घटनापछि क्युबेक आज रातदेखि पिडामा छ । मेरो पहिलो ध्यान प्रार्थनामा सहभागि रहेका घाइते र तिनको परिवार तिर गएको छ ।’

‘क्युबेक शहर खुल्ला शहर हो जहाँ सबैजना सुरक्षित रुपमा मिलेर आदरसहित बस्न सक्नेछन्’ उनले थपे । ‘म सबै जनतालाई एकताबद्ध हुन आग्रह गर्दछु । क्युबेक बलियो छ, क्युबेक गर्विलो छ । क्युबेक विश्वका लागि खुल्ला छ’, उनले भनेका छन् ।

अमेरिकामा सर्तकता

क्यानडाको घटनापछि अमेरिकाको न्युर्योक प्रहरी विभागले न्युयोर्कका प्रत्येक मस्जिद लगायतका धार्मिक संस्थाहरुमा सुरक्षा प्रदान गर्ने बताएको छ। 

न्युर्योक प्रहरी विभागले आइतबार अबेर जारी गरिएको विज्ञप्तिमा भनिएको छ, आपतकालिन प्रतिक्रिया कमाण्ड कर्मचारीलाई मस्जिद रहेका केही क्षेत्रहरुमा निगरानी राख्नका लागि नियुक्त गरिएको छ । क्युबेकको घटनालाई अध्ययन गरिरहेको पनि विभागले बताएको छ।

न्युयोर्क शहरका मेयर बिल डि ब्लासियोले क्युबेक घटनालाई लिएर ट्विट गर्दै समवेदना प्रकट गरेका छन्। साथै उनले सम्पूर्ण न्युयोर्कवासी नागरिकलाई सर्तक रहन पनि आग्रह गरेका छन्। 

उनले भनेका छन्, ‘न्युयोर्कमा बस्ने मेरा सम्पूर्ण मुस्लिम साथीहरु, न्युयोर्क शहरले तपाईहरुलाई बचाउने छ । न्युयोर्क प्रहरी विभागले तपाईहरुलाई बचाउने छ । हामी सबै घृणा र पक्षपातसँग लड्ने छौं ।’

क्युबेक सिटी इस्लामिक साँस्कृतिक केन्द्रका अध्यक्ष मोहम्मद याङगुइले बताएअनुसार उक्त गोली काण्ड मस्जिदको पुरुष हाताभित्र भएको हो । उनी उक्त आक्रमण हुँदा मस्जिदमा थिएनन् तर उनले घटनाका प्रत्यक्षदर्शीसँग सम्पूर्ण विवरण लिएको बताउँदै उनले भने, ‘हामी घटनामा परेका परिवारप्रति दुःखी छौं ।’

प्रकाशित: १८ माघ २०७३ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App