१६ वैशाख २०८१ आइतबार
image/svg+xml

मुग्लिन पोखरा सडक विस्तार: डुम्रे बजारका घर भत्काउन सुरु

पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ।

मुग्लिन-मलेखु सडकखण्ड स्तरोन्नति

मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो।

नारायणगढ-बुटवल सडक विस्तार: मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्।

सूर्यविनायक धुलिखेल सडक विस्तार अघि बढ्यो

सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तार भएको २५ वर्षपछि चार लेनको सडक विस्तार गर्न सुरु गरेको छ।

आँबुखैरेनीतर्फ सात किमि सडक कालोपत्रको तयारी

मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ।

चक्रपथको कलङ्की–बसुन्धारा विस्तारमा चिनियाँ पक्ष तयारः स्थलगत अध्ययनपछि विभागसँग छलफल

चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ। सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ।

पिठ्यूँमा बच्चा च्यापेर श्रमदान

मनसराका पति पृथु विक वैदेशिक रोजगारको सिलसिलामा ६ महिनाअघि खाडी मुलुक साउदी अरब गएपछि श्रमदानमा आएकी हुन्।

‘मनोमानी’ले एक्लिँदै मेयर साह

राजधानीभन्दा बाहिरबाट आएर वाग्मतीकिनारमा बसेका सुकुम्बासीलाई हटाउन ‘कोरसिटी’ का स्थानीयको साथ पाएका मेयर साहले उनीहरूको निजी जमिनमा समेत गैरकानुनी ढंगले डोजर चलाउँदा असन्तुष्टि बढेको छ।

तीनकुनेको आर्क ब्रिजको ठेक्का वाइपी किराँतेश्वरलाई

कोस्टल–पप्पु जेभीले कमसल निर्माण गरेर अलपत्र पारेको तीनकुनेस्थित बागमती नदीमा फेरि आठ वर्षपछि नयाँ ठेक्का लागेको छ। नयाँ ठेक्का प्रक्रियाबाट पुल निर्माण गर्ने जिम्मेवारी भने वाइपी किराँतेश्वर जेभीले हात पारेको छ।

मिचियो फुटपाथ, जोखिममा पैदलयात्रु

सडक छेउका फुटपाथको मध्यभागमा बिजुली र टेलिकमका पोल गाड्ने, फुटपाथ मिच्ने प्रवृत्ति सामान्य भइसकेको छ। यस्ता पोलहरू गति नियन्त्रक र दिशा निर्देशक स्तम्भझैं लाग्छन्। यिनले दुर्घटना निम्त्याउने र अवरोध पनि सिर्जना गरिरहेका छन्।ठाउँठाउँमा फुटपाथ नै छैन, पैदलयात्री जोखिम मोलेर मूल सडकबाट हिँड्नुपर्छ।

सडकमा सधैँ समस्या

बानेश्वरको बीच सडकमा देखिएको खाल्डोलाई सामान्य घटनाका रूपमा मात्र बुझ्नुहुँदैन। यस्तो परिस्थिति सबै सडकमा आउन सक्छ। गुणस्तर नभएको कामबाट अरू के नै अपेक्षा गर्न सकिन्छ र?

तीनकुने आर्च व्रिज: पप्पुलाई ६ करोड जरिवाना तिर्न ताकेता

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले तीनकुनेस्थित वाग्मती नदीमा कमसल आर्च ब्रिज निर्माण गर्ने ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनलाई करिब ६ करोड रूपैयाँ तत्कालै भुक्तानी गर्न निर्देशन दिएको छ।

छ लेन सडक विस्तार: इटहरी डुबानमा पर्ने जनाउँदै आन्दोलन चर्काउने चेतावनी

इटहरीको मुख्य चोकबाट संगीत चोक प्रवेश गर्ने स्थानमा ह्यूम पाइप राख्दा वडा ४ र ६ मा बर्खाको बेलामा पुरै डुबानमा पर्ने जनाउँदै आन्दोलन चर्काउने भएका हुन्।

सडक विस्तार: हिउँदमा धुलो बर्खामा हिलो

स्थानीय सरकारले बजेटको धेरै हिस्सा सडकमा खर्चिएको छ । गुणस्तरीय सडक नबन्दा सास्ती उत्तिकै छ। संघ तथा प्रदेश सरकारका सडकका ठूला योजना पनि जिल्लामा छन्। कतिपय सडक योजनाको कामले गति पाएको छैनन्। कम्तीमा वडा केन्द्रसम्म जोड्ने सडक ग्राभेल स्तरको हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले सुविधा पाउने भए पनि यतातर्फ ध्यान पुग्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्