११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन : विष्णु पौडेल

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्न नसक्ने बताएका छन्। अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्वाचन लोकतन्त्रको प्राण भएको उल्लेख गर्दै लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध नगर्ने बताए।

‘निर्वाचन लोकतन्त्रको प्राण हो। कतिपयले निर्वाचनको औचित्यमा प्रश्न गरिरहेका छन्। तर, लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन,’ उनले भने।  

सम्बोधनका क्रममा उनले आगामी वैशाखका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि सिंगो मुलुकले आफूलाई तयार गर्नुपर्ने समेत बताएका थिए।

अर्थमन्त्री समेत रहेका पौडेलले सरकार चुनावको तयारीमा लागेकाले सहयोग गर्न निजी क्षेत्रलाई आग्रह पनि गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएर आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधी चुनाव घोषणा गरेका छन्। तर, सरकारले असंवैधानिक तवरबाट संसद् विघटन गरेको भन्दै सर्वोच्चमा मुद्दा परेको छ।  

प्रकाशित: १३ माघ २०७७ ०६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App