२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

नेपालका लागि समर्पित जीवन

एक दिन आफ्ना होस्टेलमा बसेर गणित पढ्ने साथीहरूसँग विद्यालय परिसरमा हिँडिरहेकी नेपाली कलाकारलाई ती प्रोफेसरले देखे र मनमनै प्रेम गर्न थाले। धेरैपल्ट देख्दा क्रमशः प्रेम बढ्दै गयो, मानौं कुनै फूलको बिरुवा थियो, त्यो जुन बढेर ढकमक्क फुल्यो।

ढुंगाको राजगद्दी

मूर्ति रामको, छाया शम्बूकको? यो कस्तो दृष्टिभ्रम हो! म पागल भएँ कि मलाई कसैले छल गरिरहेको छ! कर्दवीरको मनमा अनेक तर्कना आए, तर उनले शब्दमा व्यक्त गरेनन्।

बिरालो र कुकुर तिम्रो घरैभित्र पस्ने

पसिना नि चल्ने अरे रगत पनि चल्ने,पानी भने नचल्ने रे कहिले यो सोच ढल्ने। मन्दिरभित्र पूजा गर्ने मुर्ति कुँद्छ जसले,मन्दिरको ढोका बाहिरै किन बस्ने उसले?

फोहोर

प्रशिक्षिका मुसुक्क हाँसिन् र भनिन्, ‘यो हुँदै गरेको दुई दिने तालिमको बजेट जम्माजम्मी पन्ध्र हजार हो। यसैभित्र मेरो भत्ता पनि पर्छ। तालिमको बेलामा चियानास्ता, प्रत्येकलाई कापी कलम, यी तुल, यो साउन्ड सिस्टम, त्यति नै पैसाले पुर्‍याउने हो। काम गर्ने मान्छे जति सबै नराम्रा हुँदैनन् र कुरा काट्ने नगर्नेहरूले नै हो।’

नेपाली लेखक संघ, कास्कीको पुरस्कार मतिप्रसाद ढकाललाई

नेपाली लेखक संघ, कास्कीले प्रदान गर्ने ‘लेखक कृति पुरस्कार–२०७७’ नवलपरासीका स्रष्टा डा. मतिप्रसाद ढकालद्वारा लिखित पुस्तक ‘महाभारतमा के छ ?’ लाई प्रदान गरिने भएको छ।

चियाइरहेको डायरी

नेताजीले सहयोगीलाई डायरीमा टिप्न लगाउँदै चर्को स्वरमा गाउँलेले सुन्ने गरेर भन्नुभयो, ‘सबै मिलाएर टिप्नु होला, कुनै रातो किताबमा पार्नुपर्छ, कुनै सांसद् विकास कोष र स्थानीयले निकायको बजेटमा पारेर अगाडि बढाइहाल्नुपर्दछ। काठमाडौं जानेबित्तिकै यही विषयलाई लिएर अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग जान्छु।’

धूलिराम

‘संसारमा यति राम्राराम्रा नाम छन्। मेरो नाम मात्र यस्तो? धूलिराम रे! थुक्क!’ उसले थुक नआए पनि थुक्यो।

कोलको गोरु

बेचनाले आफूलाई चर्खा गोरुसँग तुलना गर्‍यो। चर्खा गोरुजस्तै ऊ पनि आँखामा पट्टी लगाएरै जोतियो। उसले निमेषमै सोच्यो, ‘चर्खा एकपल्ट मर्‍यो। म त बारबार मरिरहेको छु। आफन्तका वचनले मरेको छु। परिस्थितिका प्रहारले मरेको छु। अहिले एक्लै मरिरहेको छु। कोही छैनन्। कम्तीमा चर्खा गोरुको त म थिएँ।’

फोटो

यहाँ आउनुभएकामध्ये केहीसँग तपाईंहरूको परिचय नभएको पनि हुन सक्छ। केहीसँग वर्षौंपछि भेट भएको हुन सक्छ। उनीहरूसँग फोटो खिचे पो आत्मीयताले नयाँ उचाइ लिने थियो। खाली आफू मात्रै फोटो खिच्दा अरूको नजरमा तपाईंहरू एक्लिएको आभाष हुँदैन त!’

‘एकान्त भीड’ सार्वजनिक

कवि अमृतको ‘एकान्त भीड’ लोकार्पण भएको छ। पुछारसिटे अभियानले आयोजना गरेको एक समारोहका बिच वरिष्ठ साहित्यकार सरुभक्त र साहित्यकार एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कृतिको लोकार्पण गरे।

आनन अच्युतको झञ्झावात सार्वजनिक

उपन्यासकार आनन अच्युतको नयाँ उपन्यास ‘झञ्झावात’ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक भएको छ।

साहित्यकार ओममणि शर्मालाई धनमान कथा पुरस्कार

लघुकथा समाज नेपालले धनमान कथा पुरस्कार २०७८ साहित्यकार ओममणि शर्मालाई प्रदान गरेको छ। संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा उनकै निवास बखुण्डोल, पाटनमा आयोजित कार्यक्रमा सो पुरस्कार प्रदान गरिएको हो।

स्रष्टाहरू बङ्गलादेश प्रस्थान

बङ्गलादेश नेपाल मैत्री संघको निमन्त्रणामा त्यहाँ आयोजना हुने द्विदेशीय विशेष साहित्यिक समारोहमा भाग लिन आइतबार ढाका प्रस्थान गर्दैछन्।

तिमी हिँड्ने धर्ती यहीँ, तिमीले हेर्ने आकाश उहीँ

तिमी हिंड्ने धर्ती यहीं, तिमीले हेर्ने आकाश उहीं, तिमी र म पुग्ने गन्तव्य, आखिर हो नि स्वर्ग त्यहीं। तिमीले भोग्ने संसार, मैले देख्ने संसार, हाम्रो भोगाइ उस्तै, तिम्रो हेराइ त्यस्तै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्