६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

आनन अच्युतको झञ्झावात सार्वजनिक

उपन्यासकार आनन अच्युतको नयाँ उपन्यास ‘झञ्झावात’ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक भएको छ।

वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, समालोचक डा. अम्बिका अर्याल, पत्रकार दामोदर न्यौपाने, प्रकाशक तथा सम्पादक सूर्य बिसी, आस्था केसी, लक्ष्मी अर्याल, रामचन्द्र सिग्देल लगायतले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए।

‘उपन्यासको भाषा निकै राम्रो र तानिरहने खालको छ। परदेशमा बसेर लेखकले नेपाली साहित्यका लागि काम गर्नु निकै सुखद कुरा हो।’ प्रमुख अतिथि विजय चालिसेले भने।

समीक्षक डा. अम्बिका अर्यालले उपन्यासमा सशस्त्र युद्ध र प्रेमको कथा रहेको धारणा राखेकी थिइन्। कौतूहलताको राम्रो प्रयोग गरिएको भन्दै उनले पुस्तकका केही कमजोरी पनि बताएकी थिइन्। त्यसैगरी अर्का वक्ता दामोदर न्यौपानेले छोटा वाक्य, मिठा शब्द र सुन्दर अन्त्य रहेकाले उपन्यास राम्रो बनेको धारणा राखेका थिए।

उपन्यासकार आननको यसअघि वासन्ती प्रेम उपन्यास प्रकाशित छ। कार्यक्रमको सहजीकरण पत्रकार आस्था केसीले गरेकी थिइन्।

विएन पुस्तक संसार प्रालिले बजारमा ल्याएको २ सय पृष्ठको उक्त पुस्तकको मूल्य ३५० रुपैया रहेकोे छ।  

प्रकाशित: २९ फाल्गुन २०७८ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App