३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

भेपमार्फत ९ किलो सुन तस्करी प्रकरण: छानबिन समितिलाई बयान दिन सिंहदरबार पुगे महरा

फाइल तस्बिर

भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय समितिले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ।

समितिले बिहीबार दिउँसो सिंहदरबारमा महराको बयान लिएको हो। विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएको थियो। सम्पर्क देखिएका महरालाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएको थियो। बयानमा उनले चिनियाँ नागरिकसँग फलफूल व्यवसायीका रुपमा मात्र चिनजान भएको बताएका थिए। त्यसपछि सीआईबीले महरालाई कागज गराएर छाडेको थियो। 

सोहि प्रकरणलाई लिएर नेकपा एमाले लगायतले लामो समयसम्म संसद् अवरोध गरेपछि उच्च स्तरीय छानबिन समिति बनाउने निर्णय भएको थियो। त्यसक्रममा सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा समिति बनाएको थियो।

समितिले अहिले भेपमार्फत भएको सुन तस्करी, ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन तस्करी लगायतका मामलामा छानबिन गरिरहेको छ।

प्रकाशित: २५ माघ २०८० १३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App