३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

अज्ञात समूहद्वारा गाउँपालिकाको एक्साभेटर तोडफोड

अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेका छन् । डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र।०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।उक्त एक्साभेटरले केही दिनअघिसम्म ग्रामीण कच्ची सडक सफाइ गरेको जनाइएको छ ।

ढुङ्गा र फलामका हातहतियारले तोडफोड गरी सबै सामानमा क्षति पुगेको छ। तोडफोडमा गर्ने समूहको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।  साथै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच तोडफोडमा संलग्नलाई यथाशीघ्र पत्ता लगाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए।

प्रकाशित: ८ कार्तिक २०८० १५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App