९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनमा खटिने कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने

मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ। जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।

उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका एकसय ३२ मतदानस्थलमा कायम गरिएका दुईसय ८८ मतदान केन्द्रमा आठ जनाको दरले कर्मचारी छनोट गरेर आवश्यक तालीमसमेत खटाइएको छ। चुनावका लागी खटाइने कर्मचारीको यसअघि नै छनोट गरेर तालिम प्रदान गरिसकेको छ। मतपत्र सहित २८ प्रकारका निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए।

उनको अनुसार मतदान केन्द्रमा मतदाता सङ्ख्या अनुसार केही स्वंयसेवक राख्नुपर्ने भएकाले त्यसको छनोट गर्ने जिम्मेवारी मतदान अधिकृतलाई दिइएको छ।  नुवाकोटमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनको लागि दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेससभा गरेर छ पदको लागि प्रत्यक्षतर्फ कूल ६३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नुवाकोटमा दुई लाख ३९ हजार सात सय २६ मतदाता रहेका छन्।  

प्रकाशित: २८ कार्तिक २०७९ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App