२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

श्रममन्त्रीले गरे टुँडिखेलकाे ‘सीप मेला’ अवलोकन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलाको अवलोकन गरेका छन्।

काठमाडौं महानगरपालिकाले गत वैशाख १९ गते बुधबारदेखि टुँडिखेलमा आयाेजना‍ गरेकाे सीप मेलाको बुधबार श्रम मन्त्री अर्यालले अवलोकन गरेका हुन्।

उनले सीप मेलाको अवलोकनपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री अर्यालले ७५३ स्थानीय तहहरुले आवश्यकता अनुसारका मेलाहरू आयोजना गर्नुपर्ने बताए।

उनले ७५३ स्थानीय तहहरुले स्थानीय स्तरमा रोजगारी सिर्जना गरी रोजगारीको वातावरण बनाउँदै विदेश जाने लहरलाई रोक्ने प्रयास गर्न आवश्यक रहेको जिकिर गरे।

काठमाडौं महानगरपालिकाले गरेको प्रयास प्रशंसायोग्य रहेको उनको भनाइ थियो। मन्त्री अर्यालले मेयर बोलेन्द्र साहको चर्चा सीप मेलाले गर्दा मात्रै नभएको भन्दै निर्वाचन जितेर आएसँगै चर्चा भइरहेको सुनाए।

महानगरले नयाँ कामहरु गर्न खोजिरहेको र सबै स्थानीय तहले स्वदेशमा रोजगारी सिर्जना गर्ने विभिन्न कार्यक्रमहरु आयोजना गर्नुपर्नेमा उनले जोड दिए।

मन्त्रालयले सातै प्रदेशमा गर्न लागेको श्रमाधान मेला महानगरले गरेको सीपमेला भन्दा फरक मेला भएको उनको तर्क थियो।

मन्त्री अर्यालले मन्त्रालयले नेपालमा कति रोजगारदाता कम्पनीहरु छ र कति रोजगारीको खोजीमामा रहेका छन् भनेर श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्न लागेको सुनाए।

प्रकाशित: ९ जेष्ठ २०८१ १८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App