११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुलुकु मध्यावधि चुनावमा जाने सम्भावना सबैभन्दा बलियाे छ : टोपबहादुर रायमाझी

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता टोपबहादुर रायमाझीले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना रहेको बताएका छन्। शुक्रबार काठमाडौंको आरआर क्याम्पसमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा नेता रायमाझीले आफूहरुलाई छोडेर गएको प्रचण्ड–नेपाल समूहले सरकार बनाउने सम्भावना न्यून रहेको बताए।

‘हामी संस्थापन पक्षलाई छोडेर धोका दिएर गएका साथीहरु प्रधानमन्त्री हुने सम्भावना छैन,’ उनले भने, ‘अरु कुनै पार्टीको नेताले मानिदियो भने नयाँ सरकार बन्ने झिनो सम्भावना छ।’ बरु ओली र अन्य पार्टी मिलेर नयाँ सरकार बन्ने सम्भावना बलियो रहेको नेता रायमाझीको भनाई छ।  

अर्कोतिर नेकपा विभाजन भइनसकेकाले प्रचण्ड–नेपाल समूह आफूहरु भएको पार्टीमा फर्किए ओली सरकारले निरन्तरता पाउने सम्भावना पति उत्तिकै रहेको उनले बताए। ‘पार्टी कानुनी रुपमा विभाजन भएको छैन। उहाँहरु कम्युनिस्ट आन्दोलनलाई सम्झेर फेरि आफ्नो घरमा फर्किनुहुन्छ भने केपी शर्मा ओली नेतृत्वमै निरन्तर रहिरहने सम्भावना पनि त्यत्तिकै छ,’ उनले भने, ‘तर, साथीहरु परै गइसकेकाले मुख्य नेताहरु मान्नुहुन्न कि भन्ने छ, अरु घर फर्किन तयार हुनुहुन्छ।’

कसैले सरकार बनाउन नसकेको खण्डमा पनि ओली सरकारले निरन्तरता पाउने उनको दाबी छ। ‘चौंथो सम्भावना भनेको हामीलाई छोडेर गएका साथीहरुले सरकार बनाउने सम्भावना छैन,’ उनले भने, ‘अरु कुनै पार्टीले मानिदिएन, उहाँहरु आफ्नो घरमा फर्किनुभएन भने यही सरकार चलिरहन्छ। यो सरकार अघि बढिरहन्छ।’

सबैभन्दा बलियो सम्भावना भने मध्यावधि चुनावको रहेको उनको दाबी छ। नेता रायमाझीले यदि संसद्बाट ओलीविरुद्धको अविश्वासको प्रस्ताव पास हुन नसकेर कसैको सरकार बन्ने सम्भावना नरहेको खण्डमा मुलुक मध्यावधि चुनावमा जाने बताए। ‘अविश्वासको प्रस्ताव फेल भयो र कसैले कसैको सरकार बनेन भने फेरि पनि मध्यावधि चुनावमा जाने सम्भावना पनि त्यत्तिकै छ,’ उनले भने, ‘र, त्यो परिस्थिति एक नम्बरमा छ।

प्रकाशित: १४ फाल्गुन २०७७ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App