१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

राम मन्दिरमा प्राण प्रतिष्ठा पछि मोदीलाई देउवाको बधाई

पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

सामाजिक सञ्जाल एक्स देउवाले मङ्गलवार भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन्। 

उनले लेखेका छन्, ‘अयोध्यामा राम मन्दिरको उद्घाटनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई। पवित्र प्राण प्रतिष्ठा समारोह सनातन धर्मका सबै अनुयायिहरूका लागि  गौरवको क्षण हो। जय श्री राम!’

सोमवार भारत उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा नेपालका विभिन्न स्थानमा दिपोत्सव गरेर मनाइएको थियो।  

मङ्गलवार पहिलो पटक राम मन्दिर सर्वसाधारणका लागि खोलिएको छ। बिहानैदेखि भगवान रामको दर्शनका लागि श्रद्धालु भक्तजनहरूको भिड लागेको छ।

प्रकाशित: ९ माघ २०८० ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App