३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

थुनामा रहेका राहुलसँग बयान लिँदै सुन प्रकरण छानबिन समिति

सुन प्रकरण छानबिन गरिरहेको उच्चस्तरीय समितिले पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई बयानका लागि बोलाएको छ।

विद्युतीय चुरोट (भेप) प्रकरणमा राहुल पनि संलग्न रहेको आशङ्कामा उनी पक्राउ परेका हुन। दुबईबाट भेप मा सुन लुकाएर ल्याएको प्रकरणमा उनको संलग्नता देखिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।  

राहुललाई नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत भदौ १३ मा पक्राउ गरेको हो। उनी जिल्ला अदालत काठमाडौँको आदेशमा थुनामा छन्। महरालाई समितिले बयानका लागि सिंहदरबारस्थित आफ्नो कार्यालयमा बुझाएको स्रोतले जानकारी दियो।

प्रकाशित: १९ मंसिर २०८० ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App