३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

रविविरुद्ध मुद्दा हाल्नेलाई दिपकको कटाक्ष: 'अलिकति फुर्सद भो, म पनि मुद्दा हाल्दिउ कि क्या हो'

कलाकार दीपकराज गिरीले रवि लामिछानेलाई मुद्दा हाल्नेहरुप्रति कटाक्ष गरेका छन्।

बुधबार सामाजिक सञ्जालमा गिरीले रवि लामिछानेलाई मुद्दा हाल्नेहरुप्रति कटाक्ष गरेका हुन्। गिरीले अलिकति फूर्सद पनि भो रवि लामिछानेलाई म पनि एउटा मुद्दा हाल्दिउ कि क्या हो भन्दै व्यंग्य गरेका छन्।

उनले लेखेका छन्, 'अलिकति फूर्सद पनि भो... ‘के गर्ने होला? एउटा मुद्दा म पनि हाल्दिउ कि क्या हो रवि लामिछाने लाई....'

लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट लिएको स्वीकार गरे पनि महान्यायाधिक्ता कार्यालयको उनीमाथि मुद्दा नचलाउने निर्णय विरुद्ध युवराज पौडेलले सर्वोच्चमा रिट निवेदन दिएका थिए। सो रिटमा सर्वोच्चले बुधबार कारण देखाउन आदेश जारी गरेको छ।

प्रकाशित: २२ चैत्र २०७९ १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App