७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

पाल्पा क्षेत्र नं. २ मा एमालेबाट ठाकुर गैरे विजयी

पाल्पाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार गैरे २७ हजार ८ सय १७ मतका साथ विजयी भएका हुन्।  

उनका निकटम प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेयले २३ हजार ८ सय ५१ मत प्राप्त गरे।  

गैरे ३ हजार ९ सय ६६ मतान्तरले विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार १ सय ८० मतका साथ तेश्रो स्थानमा रहे। नेपाली भूमि अतिक्रमण हुँदा कालापानीमा मार्च पास र सुस्ता महेसपुरमा प्रदर्शनको नेतृत्व गर्ने नेता गैरे स्वच्छ छवी भएका व्यक्तिका रुपमा परिचित छन्।

बगनासकाली गाउँपालिका ८ बराङ्दीमा २०२५ सालमा जन्मिएका गैरे २०५१ सालमा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष हुँदै केन्द्रीय सचिव, केन्द्रीय महासचिव हुँदै २०६३ मा केन्द्रीय कमिटीको अध्यक्षमा निर्वाचित र हाल नेकपा (एमाले) को पोलिट्ब्युरो सदस्य हुन्। उनी पेट्रोलियम पदार्थ, महंगी, भ्रष्टचार बिरोधी आन्दोलनका अगुवाई गर्ने युवा नेताको छवी बनाएका व्यक्ति हुन्।  

प्रकाशित: ९ मंसिर २०७९ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App