३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न स्वास्थ्यमन्त्री केसीको निर्देशन

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा समस्या रहेको भन्दै समाधानका लागि आफ्नो दायित्वलाई नभुल्न कर्मचारीलाई निर्देशन दिएका छन्।  

स्वास्थ्य सेवा विभागले आज मंगलबार आयोजना गरेको विभाग अन्तर्गतका मुख्य मुख्य कार्यक्रमहरुका बारेमा जानकारी दिने उदेश्यले आयोजित कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री केसीले कर्मचारीलाई दायित्वलाई नभुल्न निर्देशन दिएका हुन्।  

उनले सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई आग्रह गरे। उनले भने, ‘थप बजेट आवश्यक परे पहल गर्छौ। विभागको स्तरोन्नतीका लागि के गर्नुपर्छ योजना बनाउनुस। सदैब सकारात्मक सहयोग रहन्छ। तर, आफ्नो स्वार्थभन्दा माथी उठेर काम गर्नुस।’

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालय मातहतको महत्वपूर्ण निकाय भएकाले पनि यसको सवलीकरणका लागि योजना बनाउनुपर्ने बताए। केसीले भने, ‘तपाईहरुले जनतालाई पहिलो केन्द्रमा राखेर काम गर्नुपर्छ। अहिलेपनि नागरिकहरु स्वास्थ्य सेवा सहज तरीकाले नपाएर भौतारीनुपर्ने अवस्था छ। यो अवस्थाको हल गर्नुपर्ने आजको आवश्यकता हो। ’

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।दीपेन्द्ररमण सिंहले विभाग अन्तर्गतका मूख्य मूख्य कार्यक्रमका बारेमा प्रकाश पारेका थिए।

प्रकाशित: २१ असार २०७९ १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App