१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले सभामुखलाई भने संसद बैठक केहीबेर ढिला गर्नुस्, कांग्रेससँग कुरा हुँदैछ

फाइल तस्बिर

सभामुख देवराज घिमिरेले केहीबेर अघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग टेलिफोन वार्ता गरेका छन्।

आज बस्न लागेको प्रतिनिधि सभाको बैठकबारे दुबैजनाबीच कुराकानी भएको बताइएको छ।

कुराकानीमा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न आग्रह गरेको बुझिएको छ।

प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेका पनि जानकारी दिए।

बैठक ११ बजे बोलाइएकोमा हालसम्म पनि सुरु हुन सकेको छैन।

सभामुखले भने बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्।

छलफलमा कानून मन्त्री पदम गिरी, उपसभाुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी थिए।

प्रकाशित: ३ जेष्ठ २०८१ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App