३ चैत्र २०८१ आइतबार
image/svg+xml ०:१२ पूर्वाह्न
अर्थ

पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ, ‘ग्रे लिष्ट’ बाट निस्कन्छौँः अर्थमन्त्री

फाइल तस्विर

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताएका छन्। फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिस्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने, “विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो। पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ । ‘एक्सन प्लान’ अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौँ।” रासस

प्रकाशित: १० फाल्गुन २०८१ ०६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App