२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

भन्सार महसुलसम्बन्धी विधेयक २०८१ स्वीकृत

प्रतिनिधिसभाबाट भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले स्वीकृत भएको छ।

मंगलबार प्रतिनिधी सभाको बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गर्नु भएकी  उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन।

सांसदहरू सञ्जय कुमार गौतम, जुलीकुमारी महतो (महासेठ), प्रेम सुवाल, नागीना यादव, डा अमरेसकुमार सिंह, गणेश पराजुली, बद्रीप्रसाद पाण्डे भन्सार महसुलसम्बन्धी विधेयक २०८१ माथिको सैद्धान्तिक छलफलमा सहभागी भएका थिए।  

प्रकाशित: ११ असार २०८१ १८:५६ मंगलबार

#bill #Customs #Deputy Speaker Indira Rana