३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

टाटाको मेगा सर्भिस क्याम्प सम्पन्न

टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङद्वारा १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा आयोजित मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ।

यी केन्द्रहरूमध्ये ३ वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्। त्यसैगरी, बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरू पोखरा, इटहरी, मेची, वीरगञ्ज, ढल्केबार, हेटौडा, धनगढी, नेपालगञ्जमा रहेका छन्।

यस तीन दिने क्याम्पमा टाटाका ९ सय ५५ वटा पेसेन्जर श्रेणीका गाडीहरूको जाँच एवं मर्मत सम्भार गरिएको थियो भने १ हजार ५ सय ३३ व्यक्तिको सहभागिता रहेको कम्पनीले जनाएको छ। जाँच गराउँदा गाडी धनीहरूले विभिन्न आकर्षक छुट एवं अन्य सुविधा प्राप्त गरेका थिए।

कम्पनीले म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पाट्र्सको खरिदमा १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिङ , कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि निःशुल्क प्रदान गरेको थियो। यसका अतिरिक्त सो क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रूपैयाँ नगद फिर्ताको पनि व्यवस्था रहेको थियो।

हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरूको बजार द्रुत गतिमा वृद्धि भइरहेको छ। 

प्रकाशित: १३ पुस २०७९ ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App