१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजेन्द्र पराजुली


राजेन्द्र पराजुलीका लेखहरु :

राजनीतिमा ‘चटके’हरूको हाजिरी

राजनीतिको खुला मैदानमा झुलुक्क चटक देखाउन विभिन्न नाम र दल देखा पर्छन्। आधा वर्षअघि सम्पन्न स्थानीय निर्वाचनको सँघारमा पनि त्यस्ता पात्र देखिएका थिए। चटकेहरू नेपालको राजनीतिमा बेलाबखत हाजिर जनाउन लामो समयदेखि आइरहेका छन्।

बासी मान्छे

शिष्टताले कविता लेख्न छाडी र एकै पटक दुई जना पुरुषसँग प्रेम गर्न थाली । पहिलापहिला ऊ कविता लेखिसक्नुलाई ‘स्खलित’ हुनु हो भन्थी । कविताले दिने स्खलनको आनन्द आफूलाई बासी लाग्न थालेको उसले एउटा सार्वजनिक कार्यक्रममा बताएकी थिई । त्यसपछि उसले कविताकर्म चटक्कै छाडी र प्रेमको दुनियाँमा आफूलाई डुबाउन थाली । मोनोगामी अर्थात् एकनिष्ठता उसको सबैभन्दा अप्रिय काम हुन थाल्यो ।

पारुदिदी

मेरो शरीरमा इस्त्री लगाएको सर्ट देखेर स्कुलमा सबैको आकर्षण बन्न पुगेको थिएँ । सधैँ खुम्चिएको सर्ट लगाउने साथीले त्यस दिन अकस्मात इस्त्री दलेको सर्ट लगाएको देखेपछि सहपाठीहरु आश्चर्यचकित हुनु अनौठो थिएन । स्कुलमा प्रायः कोही पनि इस्त्री लगाएको डेस लगाउँदैनथे, एक–दुई जना थिए जो इस्त्री लगाउँथे तर तिनको कपडा पनि राम्ररी मिलाइएको हुँदैनथ्यो । पार्दीले मन लगाएर मेरो सर्टमा इस्त्री लगाइदिएकी थिइन् ।

झोराहाटमा कविताको झापड

‘मलाई कविता सुन्न खुबै मन पर्छ । तर, के गर्नु अचेलका कविताले मेरो गालामा झापड हान्नै सक्दैनन्,’ चैत १२ गते झोराहाट नाट्य केन्द्रमा आयोजना हुने कवि–गोष्ठीमा सहभागिता जनाउने सुरसारमा रहेकी ग्रामथान गाविस निवासी ७० वर्षीया कौशल्यादेवी खतिवडाले भनिन्, ‘सायद आधुनिक कविता भन्या यही होला ।

दिल्लीमा अक्षर चिन्ता

कूटनीतिज्ञ तथा लेखक अमरेन्द्र खटुवाको भनाइ सापटी लिँदा सार्कका अधिकांश लेखक बढी मात्रामा निजी कुण्ठा लेख्नमै व्यस्त छन्। यिनको देशभक्तिजस्तो अति भावुकताले ओतप्रोत साहित्यको कुनै अर्थ छैन। यही कारण यस क्षेत्रका लेखकले नोबेल पुरस्कार वा बुकर प्राइजजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्मान पाउन सकेनन्। साँच्चै यो बहसमा नेपाली साहित्यलाई पनि प्रवेश गराउन सकेको भए कस्तो प्रतिक्रिया आउँथ्यो होला!

'देशभक्ति भावुकता हो, जो धनी वर्गमा बढी हुन्छ'

दक्षिण एसियाका साहित्यकार के लेखिरहेका छन्? सार्क मुलुकको साहित्य कता जाँदै छ? संसारमै सबैभन्दा बढी लेखक यही क्षेत्रमा छन्, तर तिनले किन नोबेल पुरस्कार पाउन सकिरहेका छैनन्? किन यहाँको साहित्य राम्ररी अनुवाद भएर संसारभर पुग्न सकेन? ग्लोबलाइजेसनको कुरा गर्ने तर लेख्नेचाहिँ त्यसको ठीक उल्टो किन?

समीक्षाको साख

जसरी विज्ञापन र उत्पादनबीच तादात्म्य आवश्यक छ, उसैगरी समीक्षा र पुस्तकबीच तादात्म्य हुनैपर्छ। अहिले त्यसकै अभाव देखिन थालेको छ। समीक्षा व्यक्तिलाई खुसी पार्न वा दुःखी बनाउन लेखिने विधा नै होइन। यो त पुस्तकको समुचित शल्यक्रिया हो। शल्यक्रिया खुकुरी वा चुलेसीले होइन, विज्ञानले प्रमाणित गरेका औजारबाट मात्र हुनुपर्छ।

मेरा कथाका ‘कथा’

सन् १८४२ मा प्रकाशित रुसी कथाकार निकोलाई गोगोलको ‘दि ओभरकोट’ कथा मैले झन्डै ३० वर्षअघि पढेको हुँ। विदेशी लेखकको यो नै मैले पढेको पहिलो चित्ताकर्षक र सुन्दर कथा हो। आधुनिक समयको मान्छेको कथा हो

बयान

सुकमायाले एक पटक झ्यालबाहिर हेरी । सुनसान थियो गाउँ । परतिर धान काटिरहेका महिलाहरु भूकम्पलाई विषय बनाएर गीत गाइरहेका थिए ।

समुद्र नांगै देखिन्छ

मान्छेहरू समुद्रसँग जिस्किन औधी मन पराउँछन्। बटारिएर आउने छालसँग तिनलाई कुनै डर छैन। त्यसको उत्ताल छालले मान्छेको शरीरलाई लछार्दै आफूमा समाहित गराउने दृश्य जति चित्ताकर्षक छ उति नै भयंकर पनि लाग्छ मलाई। भारतको गोवास्थित 'सिन्क्वेरिम बिच' मध्याह्नदेखि नै भ

कहाँ पुगेनन् नेपाली!

गोवा (भारत)- नखेल्नू जुवा र तासधनको नाश, जीवनको बनीबास...जुवाडेलाई संकेत गरी जुवातास खेल्न हुन्न भन्ने सामाजिक सन्देशसहित तयार पारिएको यो गीत कुनै समय नेपाली संगीतका पारखीको मुखैमा झुन्डिएको थियो। भारतको पर्यटकीय सहर गोवाको समुद्रमाथि सञ्चालित डेल्टिन रोय

'नयाँ सन्देश' भर्सेस 'देबोनायर'

व्यस्त कार्यतालिकाबीच अफिसबाट एक साता छुट्टी मिलेको छ । यो बिदाको यस्तो सदुपयोग होस् कि त्यस्तो अघिपछि कहिल्यै पनि गर्न नसकिएको होस् । हरेक पटक बिदा लिँदा मेरो मानसपटलमा यस्तै विचार उत्पन्न हुन्छ । कतिपय बिदा उपलब्धिहीन र निरश बन्छन् त कतिपय अधिक सृजनशील

फिलिली...

सफलताको श्रेय लिने होडबाजी चल्छ– विफलताहरू बाटामै बेवारिसे छाडिन्छन्। आधा वर्ष लामो तराई–मधेस आन्दोलनको पटाक्षेप भएको छ। त्यस आन्दोलनको परिचय वा उल्लेख नेपाली राजनीतिक इतिहासको कुन पृष्ठमा हुने हो यसै भन्न सकिन्न। हजारौँ मधेसवासी सहभागी भएको एउटा आन्दोलनक

प्याराडक्स जिन्दगी

हिउँद्को कुनै महिनाको एक साँझ।नयाँ सडक पीपलबोटछेउको भीड।गजलकार ललिजन रावलले परिचय गराइदिए– उहाँ विप्लव ढकाल, घर भोजपुर, हाल काठमाडौँ। अनि उहाँचाहिँ राजेन्द्र पराजुली, कोटेश्वर, काठमाडौँ। त्यसबखत रचनाको मुन्तिर ठेगाना लेख्ने चलन व्यापक थियो। त्यसैले नामका

काठमान्डु गीत

मैले डिप्रेसनको औषधि खान थालेको तीन वर्षजति भएको थियो। डाक्टर भन्थ्यो- तनाव यसरी नै बढाउँदै जाने हो भने औषधिको डोज बढाउनुपर्छ।'कति पटकसम्म बढाउन सकिन्छ डोज?' मैले एक दिन डाक्टरलाई सोधेको थिएँ।'अब एकपटक बढाउन सकिन्छ,' डाक्टरले भनेको थियो।तर अचानक मलाई डोज

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्