२४ वैशाख २०८१ सोमबार
image/svg+xml

नवलपरासीमा ५ स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना पुष्टि

जिल्लामा आज एकै दिन पाँच स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख गौरव ढकालका अनुसार आज प्राप्त प्रतिवेदनअनुसार थप २९ जनामा कोरोना पुष्टि भएको हो।

कोरोनाका कारण लग्जम्वर्गमा १ नेपालीको मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप १ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा थप १ जनाको निधन भएको हो।

‘होम आइसोलेसन’ मा बसेका संक्रमितको प्रश्न : अस्पताल पुग्न पनि भनसुननै गर्नुपर्ने ?

काठमाडौंमा कार्यरत बैंकका एक उच्च कर्मचारीलाई केहीदिनदेखि रुघा खोकी लागिरहेको थियो। तरकेश्वर नगरपालिकामा बस्दै आएका उनी कोरोनाको शंका लागेपछि ग्रान्डी अस्पताल पुगेर स्वाब परीक्षण गराए।

‘कोरोना नियन्त्रणमा संघीय सरकारको सहयोग भएन’

कर्मचारी व्यवस्थापनको प्रयास पनि नगरेको होइन। तर, संघीय सरकारले नल्याइसकेको निजामती सेवा ऐन हामीले ल्याए कानुनी अड्चन खडा हुन्छ। हुन त हामीले लोकसेवा आयोग गठन गरेर ऐन नियम बनाइसकेका छौं। तर संघीय ऐनलाई टेकेरै हामीले धेरै ऐननियम बनाउनुपर्ने संवैधानिक व्यवस्थाका कारण प्रदेशले कर्मचारी भर्ना गर्न चुनौती छ।

कोरोनाको बहानामा मजदुर र गाडी चालकमाथि दुर्व्यवहार

देशकै प्रमुख औद्योगिक करिडोरको रूपमा रहेको वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत सिमरामा सञ्चालित उद्योगमा काम गर्न आउने मजदुर र कच्चा पदार्थ लिएर आउने गाडीका चालकमाथि दुर्व्यवहारका घटना बढ्दै गएपछि उद्योग सञ्चालनमै समस्या आएको उद्योगीको गुनासो आउन थालेको छ।

उपचारै नपाएर जान्छ ज्यान

सीताराम दाहालको कोसी अस्पताल आइसोलेसनमा मृत्यु भएपछि छोरी नीलिमाले उपचार नपाएरै बुवाको ज्यान गएको दाबीसहित उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छन्। रिटमा घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गरिएको छ।

पिसिआर नेगेटिभ ! सुरक्षित कि झन् असुरक्षित ?

पिसिआरको नतिजा नेगेटिभ देखे धेरैले कोरोनाले उप्रान्त कहिल्यै छुँदैन र संक्रमण नै गर्दैन भन्ने भ्रम पालेको उनीहरूकै क्रियाकलापबाट झल्किन्छ।

दोलखामा दुई प्रहरीसहित ६ जना संक्रमित

गौरीशंकर गाउँपालिका पछि दोलखाको सदरमुकाम चरिकोट आसपासका क्षेत्रमै कोरोनाका संक्रमित देखिन थालेका छन्। भीमेश्वर नगरपालिका क्षेत्रबाट ६२ जनाको स्वाब संकलन गरी पठाईएकोमा शनिबार दिउसो आईपुगेको परिक्षण रिपोर्ट अनुसार नगरको चरिकोट आसपासका क्षेत्रमा ६ जनामा संक्रमण देखिएको हो।

प्रदेश १ मा थपिए १ सय २ कोरोना संक्रमित

प्रदेश १ मा शनिबार १ सय २ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो।

थप ६३४ जनामा कोरोना संक्रमण

नेपालमा शनिबार थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ५१९ जनाको पीसीआर परीक्षणमा ६३४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण

उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

पूर्वप्रधानमन्त्री नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीलाई संक्रमण भएको छ।

वैज्ञानिकले सोचेभन्दा छिटो ‘हर्ड इम्युनिटी’ आएमा के होला ?

संसारको सबैभन्दा महत्वपूर्ण ‘म्याथ पजल’ को रूपमा कोरोना भाइरसको संक्रमण आफैँ हराउन समुदायका कति जनामा प्रतिरक्षात्मक प्रणालीको विकास हुनुपर्ला भन्ने हिसाबकिताब गर्न वैज्ञानिक जुटेका छन्।

कोरोना संक्रमितको सेवा गरेर नर्सले मनाए तीज

शुक्रबार हिन्दु नेपालीको महत्वपूर्ण पर्व तीज। तर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नर्सिङ इच्चार्ज ज्योती पौडेललाई भने तीजको कुनै प्रवाह थिएन, बरु बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीकै चिन्ता थियो।

एकीकृत कोरोना क्वारेन्टिन बनाउन समिति गठन

कोरोना संक्रमण दर बढेसँगै सरकारले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टिन निर्माण समिति गठन गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उपत्यकामा बढ्दो कोरोना संक्रमणलाई व्यवस्थित तरिकाले नियन्त्रण गर्न एकीकृत क्वारेन्टिन निर्माण समिति बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्