६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

दोलखामा दुई प्रहरीसहित ६ जना संक्रमित

गौरीशंकर गाउँपालिका पछि दोलखाको सदरमुकाम चरिकोट आसपासका क्षेत्रमै कोरोनाका संक्रमित देखिन थालेका छन्। भीमेश्वर नगरपालिका क्षेत्रबाट ६२ जनाको स्वाब संकलन गरी पठाईएकोमा शनिबार दिउसो आईपुगेको परिक्षण रिपोर्ट अनुसार नगरको चरिकोट आसपासका क्षेत्रमा ६ जनामा संक्रमण देखिएको हो।  

६ जना मध्ये तीन महिला र तीन पुरुष छन्। संक्रमित मध्ये दुई सुरक्षाकर्मीहरु छन्। प्रहरीका जवान रहेका उनिहरु तराईका जिल्लाबाट तालिम सकाएर केही दिन अघि मात्र दोलखा आएका थिए। यस्तै चरिकोटको एउटा एनजिओको तिन कर्मचारी समेत संक्रमित भएका छन्। यी  तिनै जना कर्मचारी समेत केही दिन अघि मात्र चितवनबाट तालिम लिएर आएका थिए। अर्का संक्रमित स्वास्थ्यकर्मी रहेको बुझिएको छ।  

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले सदरमुकाममै देखिएका संक्रमितहरुको ट्राभल हिस्ट्री हेर्दा बाहिरबाट आएकाहरु भएको सुनाए। ‘स्वास्थ्यकर्मीलाई कसरी स¥यो भनेर  अध्ययन गरिरहेका छौं’ उनले भने – ‘बाँकी अन्य सबै जिल्ला बाहिरबाटै अआएको देखिन्छ’। उनले सबैलाई शनिबार दिउसैबाट आईसोलेसनमा राखिसकिएको सुनाए। दोलखामा यस अघि गौरीशंकर गाउँपालिकामा ११ जना र कालिञ्चोक गाउँपालिकामा १ जना संक्रमित फेला परिसकेका छन्।  

प्रकाशित: ६ भाद्र २०७७ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App